काठमाडौं । नेपालमा दीपलकाे ईभी हटकेक बनेका छन् । हाल नेपालमा चीनको अग्रणी अटोमोबाइल कम्पनी चांगान मोटर्सको ईभी ब्राण्ड दीपलको एस०७ क्रसओभर एसयूभी बिक्री भइरहेको छ भने एसएल ०३ सेडान चाँडै बिक्री सुरू हुँदैछ ।
दीपलले यसै वर्ष अर्को एक नयाँ मोडल पनि बजारमा ल्याउने भएको छ । कम्पनीले सन् २०२४ को तेस्रो त्रैमाससम्म नयाँ मोडल एस०५ लन्च गर्ने भएको हो ।
दीपलको चिनियाँ टेक्नलोजी जायन्ट ह्वावेसँग पार्टनरसीप रहेको छ । नयाँ मोडल दीपल एस०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएमको रहेको छ । यो ईभी २८८० एमएमको ह्वीलबेस रहेको छ ।
दीपलको एस०७ भन्दा केही सानो साइजमा रहेको र एस०५ ओभरअल राउण्ड सेपमा बनेको छ । सानो साइजमा रहेकोले यसको मूल्य समेत एस ०७ भन्दा केही कम हुने अनुमान गरिएको छ ।
यो कारको फ्रन्टमा स्प्लीट हेडलाइट डिजाइन रहेको छ भने रियरमा डबल लेयर हाइ माउण्टेड टेललाइट दिएको छ । यसमा फरक स्टाइलको रुफ, लगेज र्याक, एक्टेरियर मिरर, रुफ क्यामरा तथा फ्लस डोर ह्याण्डल रहको छ ।
दीपलको नयाँ ईभीमा १७५ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यसमा लिथियम आयोन फस्फेट ब्याट्रीप्याक हुने भएता पनि यसको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।
दीपलले अप्रिलमा १२ हजार ७४४ युनिट भेहिकल बिक्री गरेको छ । कम्पनीले यो वर्षको ४ महिनामा ५२ हजार ८२८ भेहिकलहरू डेलीभरी गर्न सफल भएको छ । कम्पनीको सन् २०२४ को बिक्री लक्ष्य २ लाख ८० हजार युनिट राखेको छ ।

