काठमाडौं । चिनियाँ इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी नियोको मास मार्केट ब्राण्ड ‘अनभो’ले इलेक्ट्रीक मिडसाइज एसयूभी एल-६० बजारमा ल्याउने भएको छ । कम्पनीले बजारमा उचार्न लागेको एल-६० लाई बेडरुमदेखि डाइनिङसम्म बनाउन सकिने भएको हो ।
अनभो एल-६० को क्वाविनमा १७.२ इन्चको विसाल थ्रीके सेन्टर कन्ट्रोल स्कृन दिइएको छ । यसमा इन्ट्रुमेन्ट क्लस्टरको सट्टामा १३ इन्चको हेडपल डिस्प्ले पाउन सकिन्छ । पछाडि पनि सेन्टर कन्सोलमा ८ इन्चको इन्टरटेन्मेन्ट स्कृन उपलब्ध छ ।
निकै फराकिलो क्याविन दिइएको एल-६०मा दिइएको अगाडिको सिट पुरै फोल्ड गर्न सकिन्छ । अगाडिका दुबै सिटलाई अगाडि नै फोल्ड गरी ठूलो लिभीङ रुम पनि बनाउन सकिन्छ ।
मनोरन्जन चाहने मानिसले अगाडिका दुई सिट फोल्ड गरेर आरामले पछाडि सिटमा बसेर फ्रन्ट स्कृनमा मुभीसमेत हेर्न सकिन्छ ।
यसलाई अर्को अप्सन ‘क्याम्पीयन किङ’ रुमको रुपमा तत्कालै डिजाइन गर्न सकिन्छ । रियर सिटलाई पनि पूरा फोल्ड गरी २.३ मिटर बाई १.४ मिटरको मेट्रेक्स राखेर बेड बनाउन सकिन्छ ।

तेस्रो क्यावीन अप्सनको रुपमा लन्च रुम बनाउन सकिन्छ । यसमा अगाडि र पछाडिको सिट फोल्ड गरी फुड ट्रेमा लन्च समेत खान सकिन्छ ।
चीनमा कम्पनीले यसको प्रिसेल सुरु गरेको छ । सुरुवाती मूल्य ३० हजार ४०० डलर रहको उक्त ईभीको इनर्जी कन्जप्सन समेत निकै कम रहेको छ । कम्पनीका अनुसार यो ईभी मात्र १२.१ किलोवाट आवर इनर्जीबाट १०० किलोमिटर गुड्न सक्छ ।
कम्पनीले एल-६० ईभीमा ६०, ९० तथा १५० किलोवाट आवर ब्याट्री अप्सन दिएको छ । यसको एक्ट्रा लङ रेन्ज मोडलले १००० किलोमिटरभन्दा धेरै रेन्ज दिने दावी गरिएको छ ।
नियोले यो ईभी अत्याधुनिक ९०० भोल्ट आर्किटेक्चरमा तयार पारेको कारण यसको चर्जिङ समय पनि निकै कम रहने छ ।


