भोलिबाट बिक्री सुरु हुँदै विलिङ विङ्गो, थाहापाउनुहोस् वारेन्टीसहितका तथ्य

काठमाडौं । एसएआईसी, जनरल मोटर्स र विलिङ मोटर्स मिलेर उत्पादन गरेको विङ्गो भोलि (आइतबार) बाट बिक्री सुरु हुने भएको छ । विलिङको आधिकारीक नियुक्त भएको पारामाउन्ट मोटर्सले विङ्गो नेपाल ल्याएको हो ।

कम्पनीले बिक्री सुरु गर्न लागेको विङ्गो मोडलका मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध विङ्गो राम्रो रेन्ज प्रदान गर्न सक्षम रहेको कम्पनीको भनाइ छ । यसले सिंगल चार्जमा ३५० किलोमिटरसम्म रैन्ज दिने बताइएको छ ।

पारामाउन्ट मोटर्सका अनुसार विलिङ विङ्गो ईभीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ ।

विङ्गो ईभीमा ३२ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसको पीकपावर क्षमता भने ४९ किलोवाट रहेको छ । विङ्गोमा दुई वटा १०.२५ इन्चको स्कृन पाउन सकिन्छ ।

लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर रहेको छ । यसको ड्यासबोर्ड पनि सफ्टटच मेटेरियलबाट बनेको छ ।

पारामाउन्ट मोटर्सका अनुसार यसमा कम्पनीले ८ वर्ष वा १२० हजार किलोमिटर ब्याट्रीमा र ३ वर्ष वा १ लाख किलोमिटर मोटरमा वारेन्टी प्रदान गरेको जनाएको छ ।

सहरी क्षेत्रको लागि निकै उपयुक्त लाग्ने विङ्गो कारले कस्तो ब्यापार गर्छ, त्यसको एकिन हुन भने केही महिना कुर्नु पर्ने हुन्छ ।


Back_to_top