स्वागतको नयाँ शैलीः आकाशमा उडेर नेपालमा वेलकम !

काठमाडौं । बिएमडब्ल्यु मोटोराडले नेपालमा आफ्नो बाइकको प्रमोशन सुरु गरेको छ । नेपालको लागि बिएमडब्ल्युको आधिकारीक वितरक टर्क मोटर्सले नयाँ तरिकाले बीएमडब्ल्युलाई नेपालमा स्वागत गरेको हो । 

कम्पनीले विशेष प्रकारले नेपालमा बिएमडब्ल्युलाई स्वागत गर्ने प्लान अनुसार एभरेष्ट स्काई ड्राइभिङको सहयोगमा उक्त स्टन गरेको जनाएको छ । स्टनमा एकजना स्टनम्यानले हातमा प्लेकार्ड बोकेर बिएमडब्ल्युलाई नेपालमा स्वागत गरेका छन् । 

‘हामी नेपाल आउन लागेको विश्वकै उत्कृष्ट मध्यको एक ब्रान्डलाई सगरमाथा क्षेत्रबाट स्वागत गर्न चाहन्थ्यौं तर, अन्तिम समयमा त्यहाँको मौसम खराव भएकाले पोखराबाट गर्यौ’ टर्क मोटरका संचालक सौरभ एसजेबी राणाले मेरोअटोसँग भने ।

कम्पनीले अर्को महिनाबाट नेपाली बजारमा बिएमडब्ल्युका बाइकहरु बिक्री गर्ने तयारी गरिरहेको छ ।

बाइकको मूल्य थाहापाउन यहाँ क्लिक गर्नुहोस्

सुरुमा कम्पनीले भारतमा उत्पादन र बिक्री हुँदै आएको जी ३१० जीएस र जी ३१० आर दुई मोडल नेपाली बजारमा ल्याउने छ । त्यसकालागि कम्पनीले काठमाडौंको नक्सालमा शोरुम निर्माण गरिरहेको छ भने, पोखरामा डिलरको टुङ्गो लगाई सकेको जनाएको छ । अन्य सहरकालागि डिलर आवेदन गरिराखेको कम्पनी स्रोतले बतायो ।  ।


Back_to_top