काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १२ देखि १४ गतेसम्म संचालनमा ल्याएको छ ।
टाटा मोटर्स कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा र सिप्रदी ट्रडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले उक्त कार्यक्रमको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले विगतमा जस्तै यस वर्ष पनि ४६ देशहरु भन्दा उत्कृष्ट प्रदर्शनको लागि सिप्रदीलाई शुभकामना दिए ।
समारोहमा सिप्रदी ट्रडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले टाटा मोटर्स र सिप्रदीको सम्बन्धले ३७ वर्ष पुरा भएकोमा शुभकामना दिए ।
उनले लामो यात्राको श्रेय सबै ग्राहकहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता रहेकोले सबैलाई धन्नयवाद दिए ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४६ राष्ट्रसहित नेपालका बिभिन्न ३८ स्थानहरुमा आयोजित गरिएको छ ।
यस ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टसमा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता विशेषता रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस क्याम्पमा एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूब्रिकेन्टस्, शिखर इन्सुरेन्स, एपोलो टायर आदि ब्राण्डहरुले सहभागिता जनाए ।
विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको नेपालमा तेस्रो संस्करण हो । विभिन्न स्टेजहरुद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमहरुको अवलोकन गर्न पाइनेछ । आर्कषक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना तथा सेवाहरु क्याम्पका मुख्य आकर्षण रहेका छन् ।
सिप्रदी ट्रेडिङ्गले यस अवसरमा टाटा विंगर मिनि बसको औपचारिक बिक्री शुभारम्भ गर्नुको साथै टाटा योद्धाको एक हजार यूनिट बिक्री गरेको खुसियालीसमेत मनाएको थियो ।

