केही समय अगाडि रिभीएनले आफ्नो पहिलो ६४३ किमी रेन्जसहितको ट्रकको लन्च गरेको थियो । अब कम्पनीले ६५९ किमी रेन्ज भएको ठूलो साईजको एसयूभी सार्वजनिक गरेको छ ।
कम्पनीले लस एन्जलस मोटर्स सो २०१८ मा पहिलो पटक देखाएको उक्त एसयूभीको कोड नेम आरवानएस दिएको थियो ।
यसको इन्ट्री लेवलको मोडलमा १०५ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ, जसले यसमा जडान भएको चारवटा मोटरमा पावर पठाउँछ ।
उक्त गाडीमा जडान भएको मोटरले ४०२ हर्स पावर र ५०६ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यसले मात्र ४.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा समाउन सक्छ । उसको टप स्पीड क्षमता ३८६ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले दाबी गरेको छ ।
यसको टप भेरियन्टमा भने १८० किलोवाट आवरको ब्याट्री प्याकको प्रयोग गरिएको छ, जुन ७ सिटको कन्फिगरमा उपलब्ध रहेको छ । यसले ७०० हर्स पावर र ११२० एनएमको टर्क प्रदान गर्नेछ । ३.० सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा पुग्नसक्ने छ भने, टप स्पीड क्षमता ४९८ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसको इन्टेरियरमा १२.३ इन्चको डिजिटल इन्टिुमेन्ट क्लस्टर रहेको छ भने १५.६ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले दिइएको छ । जसले पूराना सबै बटमहरुलाई विस्थापित गरेको छ । यसमा पछाडिको यात्रीहरुको लागि पनि छुट्टा–छुट्टै ६.८ इन्चको टच स्कृन डिस्प्ले दिइएको छ ।
अमेरिकाको मिशिगन बेस्ड अटोमोटिभ टेक्नलोजी कम्पनीले यसको उत्पादन गरेको हो । सन् २०२० बाट सुरुमा सुरुवाति मोडलको एसयूभी बिक्री गर्ने जनाएको छ । यसको अनुमानित मूल्य ६५ हजार डलर रहने जनाइएको छ ।
यो एसयूभीमा लेभल ३ को सेमी अटोनोमस ड्राइभिङ टेक्नलोजीसहित अन्य एडभान्स फिचरहरुले सुसज्जीत रहने छ ।

