आयो बजाज पल्सर १५० फेसलिफ्ट, यस्तो छ भारतमा नयाँ मूल्य

बजाजले नयाँ पल्सर १५० ट्वीन डिस्कको परिमार्जित भर्सन सार्वजनिक गरेको छ । कम्पनीले २०१९ पल्सर १५० लाई परिमार्जन गर्दै नयाँ ट्वीन डिस्क र ग्राफिक्स जडान गरेको हो । नयाँ विशेषता समेटिएको पल्सर १५० निकै स्पोर्टी तथा आकर्षक देखिएको छ ।कम्पनीले नयाँ कलर अप्सनसमेत थप गरेको छ । रियर प्यानलका साथै मोटरसाइकलमा नयाँ फ्रन्ट फन्डर, फ्यूल ट्याङ्कीलगाइएको छ ।

नयाँ मोडल १५० टीडी डिलरमा पुर्याएको कम्पनीले जनाएको छ । बजाज पल्सर १५० टीडी २०१९को मूल्यपनि सार्वजनिक गरेको छ । बजाजले यस मोडलको सुरुवाती मूल्य ९६ हजार ३ सय भारु तोकेको छ ।

कम्पनीले २०२० सम्ममा आफ्ना सबै मोडललाई अपग्रेड गर्ने घोषण गरिसकेको अबस्थामा यो मोडललार्इ मिड लाइफ अपग्रेडको रुपमा लिएको छ । कम्पनीले यसको ग्राफिक्सलाइ परिमार्जन गरेतापनि इन्जिनमा भने कुनै परिवर्तन गरेको छैन । पल्सर १५० मा लगाइएको १४९.५ सीसी सिङ्गल सिलिन्डर ट्वाइनी स्पार्क मोटरले १४ पीएस पावरकासाथै १३.४ एनएम-टर्क उत्पादन गर्छ ।

यसको इन्जिनमा फाइभ-स्पीड गियरबक्स लगाइएको छ ।   यसमा एबिएसको विशेषता भने उपलब्ध छैन । भारती यबजारमा आगामी अप्रिल १, देखि १२५ सीसी सेग्मेन्टका मोटरसाइकलमा अनिवार्य रुपमा एबिएस लागाउँनु पर्ने नीति ल्याएको छ । फलस्वरुप,यसको एबिएस भर्सन चाँडै सार्वजनिक हुने अनुमान गरिएको छ ।


Back_to_top