सुन्दर मोडिफाईः कुन बाइकलाई बनाइयो हार्ले डेभिडसन भी–रोड

मोटरसाइकल मोडिफाई गरेर चलाउन नेपालमा बन्देज लगाईएको छ तर, धेरै देशमा बाइक मोडिफाईलाई बैधानिक कामको रुपमा मान्ने गरिन्छ । नेपालमा धेरैजसो सवारीसाधन भारतीय बजारमा उत्पादन भएर आउने गरेको छ । मोडिफाईलाई भारतमा कानुनी मान्यता दिइएको छ । 

सरकारी तवरबाट कुनै किसिमको रोकतोक नहुने भएकाले भारतमा धेरै किसिमका मोडिफाई कम्पनीहरु खुलेका छन् । उनिहरुले भारतीय कम्पनीहरुले उत्पादन गरेका बाइकलाई धेरै महंगा बाइकको स्वरुपमा ढालेका छन् । 

यहाँ हामीले बाजाजको एभेन्जर २२०को मोडिफाईको बारेमा कुरा गरेका छौं । मोडिफाई कम्पनीले बजाज एभेन्जरलाई लुक्समा हार्ले डेभिडसन–भी रोडमा परिणत गरेका छन् । 

यो मोडिफाई एभेन्जर बाइकलाई झलक्क हेर्दा हार्ले भी रोड होइन भन्न सकिने किसिमको छैन । यसलाई डिजाइन हाउसले फ्रन्ट फर्कमा पुरै परिर्वतन गरेको छ भने, अगाडिको टायर २४० एमएमको र पछाडिको टायर १५० एमएमको प्रयोग गरिएको छ । 

यसमा दिइएको फियुल ट्याङ्क ठुलो दिइएको छ भने, इन्जिनमा बेली कभरले ढाकिएको छ । यसमा सिंगल सिट दिइएको छ । राउन्ड हेडल्याम्पले एभेन्जरको लुक्सलाई निकै ग्रान्ड देखाएको छ । साथै, वाइकमा फराकिलो ह्यान्डलबार र एचआईडी लाइट दिइएको छ । टायरलाई ब्लेड स्टाइल अलोय ह्वीलले कभर गरिएको छ । 

इन्जिन स्पेसिफिकेशनमा भने कुनै परिर्वतन गरिएको छैन । यसमा रहेको बजाज एभेन्जरको २२० सीसी लिक्विड कुल इन्जिनले १९ पीएस पावर र १७.५ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top