१० स्पीड अटोमेटिक गियरमा आयो, नयाँ फोर्ड–मस्टाङ्ग

अमेरिकी कम्पनी फोर्डले थाइल्यान्डमा जारी २०१८ थाई मोटर एक्स्पोमा फोर्ड–मस्टाङ्ग फेसलिफ्ट सार्वजनिक गरेको छ । फोर्डले परिमार्जित स्टाइलमा लन्च गरेको मस्टाङ्ग फेसलिफ्ट निकै आकर्षक तथा एग्रेसिभ देखिएको छ । 

यसमा सार्पर हेडल्याम्प लगाइएको छ भने पछाडि ट्री–स्लेट एलडी–डीआरएलएस दिइएको छ । कारमा रिफ्रेश लोअर ग्रिल, रि–स्टाइल बम्पर तथा नयाँ टर्न–सिग्नलको प्रयोग गरिएको छ । नयाँ १९ इन्च अलोय–ह्वील दिइएको कार निकै शक्तिशाली रहेको छ ।  

मस्टाङ्ग फेसलिफ्टमा १२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरकासाथै ह्यान्ड–स्टीज, सफ्ट–टच र्याप लगाइएको छ । अडप्डेट क्रूज कन्ट्रोल, डिस्ट्यान्टस अलर्ट, प्रि–कोलिजन असिस्टकासाथै लेन–डिपार्चर वार्निङ्ग र लेन–किपिङ्ग एडलगायतका नयाँ विशेषता मस्टाङ्गमा पाउन सकिन्छ ।  

यसमा दुई वटा पेट्रोल इन्जिनको विकल्प दिइएको छ । २.३ लिटर ईको–बुस्ट इन्जिनले २९० पीएस पावर उत्पादन गर्छ भने, ५.० लिटर भी–८ इन्जिनले ४५० पीएस पावर उत्पादन गर्ने क्षमता राख्छ । पहिलाको तुलनामा यसले २९ पीएस पावर बढी उत्पादन गर्ने छ । 

पुरानोमा उपलब्ध ६–स्पीड अटोमेटिक ट्रान्समिसनलाई परिमार्जन गर्दै १०–स्पीड अटोमेटिक ट्रान्समिसन लगाइएको छ । 


Back_to_top