काठमाडौं । यामाहाको नेपालको लागि आधिकारीक वितरक एमएडब्ल्युले अफरोड बाइक एक्सटीजेड १२५ को बुकिङ खुल्ला गरेको छ । नाडा अटो शो २०१८ मा नै शोकेस गरेको उक्त डट बाइकको अब भने बिक्री वितरण सुरु गर्ने कम्पनीले जनाएको छ ।
‘नाडा अटो शोमा नै कम्पनीले उक्त बाइकलाई शोकेस गरेको हो अब भने, यसको आधिकारीक बिक्री सुरु गर्न लागेका हौ’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले देशभर रहेका आफ्ना सबै आटलेटबाट उक्त बाइक बुकिङ गर्न सकिने जनाएको छ । कम्पनीले उक्त बाइकको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
१२४ सीसी एयरकुल्ड फोर स्ट्रोक इन्जिनले १२.३३ एचपी पावर र ११.६ एनएम टर्क प्रदान गर्नेछ ।
स्टाइलिस र पर्फमेन्स बाइकमा उत्कृष्ट प्रदर्शन गरिरहेको यामाहाको डट बाइक भने नेपाली बजारमा यो नै पहिलो हो ।

