काठमाडौं । प्रिमियम सेग्मेन्टमा ४०० सीसी क्षमताका दुई मोटरसाइकल नेपाल आउने भएका छन् । रोयल इनफिल्ड र बजाजले दुई पावलफुल मोटरसाइकल ल्याउन लागेको हो ।
आगामी भदौमा हुने नाडा अटो शो २०२४ लाई लक्षित गर्दै बजाज पल्सर ४०० र रोयल इनफिल्डको हिमालयन ४५० बजारमा आउन लागेका हुन् । अहिलेको तयारी अनुसार यी दुबै मोडल अटो शो अगाडि नै नेपाली बजारमा आउन सक्ने अनुमान गरिएको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले पल्सर ४०० नेपालमा नै एसेम्बल गरेर नाडा अटो शो २०२४ मा सार्वजनिक गर्नेछ ।
रोयल इनफिल्डको नेपालाका लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटो मोटिभ्सले नाडा अटो शो भन्दा केही अघि नै हिमालयन ४५० बजारमा ल्याउने छ । अल्फा अटोमोटिभ्सले समेत हिमालयन ४५० नेपालमा नै एसेम्बल गर्नेछ ।
भारतीय बजारमा बिक्री सुरू गरिसेकेकौ हिमालयन ४५० ले निकै चर्चा कमाइरहेको छ । नेपाली बजारमा समेत हिमालयन प्रतिक्षारत मोटरसाइकल मानिन्छ ।
नेपालमा नै एसेम्बल भएपश्चात् रोयल इनफिल्डका मोटरसाइकल किफायती मूल्यमा उपलब्ध हुँदै आएको छ । हिमालयन ४५० मोटरसाइकल समेत आकर्षक मूल्यमा आउने ग्राहकहरूको अनुमान छ ।
केही दिन अघिमात्र भारतीय बजारमा सार्वजनिक पल्सर ४०० को चर्चा चुलिदै छ ।
बजाज पल्सर ४०० जेड
युनिक हेड्ल्याम्प, बोल्ड स्टाइल डीआरएल, ट्याकं एक्स्टेन्सन, ग्रायाब ह्यान्डल, स्प्लीट सीट र नयाँ रेडियटरको प्रयोगले मोटरसाइकलको लुक्स निकै आकर्षक देखाएको छ ।
यसमा प्रयोग भएको ३७३ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनले अधिकतम ४० बीएच पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स, स्लिप र असिस्ट क्लच उपलब्ध छ ।
बजाज डोमिनारभन्दा १९ किलोग्राम तौल कम रहेको नयाँ एनएस ४०० जेडमा १२ लिटरको फ्युल ट्याङ्क दिइएको छ । एनएस ४०० जेडको टप स्पीड भने १५४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीले नयाँ मोटरसाइकलमा डिजिटल कन्सोल, कलरफुल एलसीडी डिस्प्ले, ४ राइडिंग मोड, ४३ एमएमको यूएसडी फर्क, प्रिलोड एड्जस्टेवल मोनोशक सस्पेन्सन दिइएको छ ।
त्यसैगरी, फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । स्वीचेबल सिस्टमको डबल च्यानल एबीएस, स्वीचेवल ट्रयाक्सन कन्ट्रोल, एग्जस्ट मफ्लर, फुल एलइडी लाइट र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको प्रयोग भएको छ ।
ब्लुटूथ कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट र टर्न बाइ टर्न नेभिगेसन जस्ता फिचर रहेको मोटरसाइकलमा दिइएको ब्रेक र क्लचलाई मेनुअल्ली एड्जस्टेबल गर्न सकिन्छ ।
हिमालयन ४५०
रोलय इनफिल्ड हिमालयन ४५० मा कम्पनीकै पहिलो लिक्वीड कुल्ड,४५२ सीसी सिंगल सिलिन्डर, ४ भल्भ इन्जिन रहेको छ । इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै स्लिपर एसिष्ट कल्च उपलब्ध छ ।

हिमालयनमा ४५० मा स्टिल ट्वीन स्पार फ्रेम ४३ एमएम यूएसडी फर्क र रियरमा प्रिलोड एजष्टेबल मोनोशक सस्पेन्सन दिइएको छ । यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स २३० एमएम दिइएको छ । यसको सिट हाइट ८२५ एमएम दिइएको छ भने यसलाई मेनुअल्ली ८४५ एमएम देखि ८०५ एमएमसम्म आवश्यकता अनुसार लत माथि गर्न सकिन्छ ।
फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचयबल एबीएस, स्लिपर एसिस्ट क्लच, यूएसडी र मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट, एजष्टेवल सिट, लगायतका फिचर पाउन सकिन्छ ।

