काठमाडौं । साँग्रिला मोटर्सले बजारमा ल्याएको नयाँ सिट्रोन ईसीथ्री साइन भेरियन्ट किन्नेले ७ लाख १९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउँदा पुग्छ । विद्युतीय कार किन्नेले मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम कर्जा सुविधा पाउने छन् ।
फ्रेन्च कार निर्माताले पछिल्लो पटक नेपाल ल्याएको साइन भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । सबफोर मिटर एसयूभी सेग्मेन्टमा उपलब्ध ईसीथ्री १८० एमएम ग्राउन्ड क्लियरेन्स भएको मोडल हो ।
रेगुलर मोडलको तुलनामा ६ वटा फिचर थप भएर आएको ईसीथ्री साइन भेरियन्ट किन्ने ग्राहकले बैंकबाट सहजै कर्जा सुविधा पाउने छन् । अहिले बैंकहरुले ९.५ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराएका छन् । ७ वर्षसम्मको कर्जा सुविधा पाइने भएकोले मासिक ४७ हजार किस्ता तिर्नेगरी साइन भेरियन्ट किन्न सकिने छ ।
कम्पनीले नयाँ भेरियन्टमा अलोय ह्वील, अगाडि र पछाडि दुबै स्थानमा स्किड प्लेट, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर ¥याप्ड स्टेरिङ ह्वील र इलेक्ट्रीकल एड्जस्टेवल ओआरभीएम पाउन सकिन्छ ।
सांग्रिला मोटर्सले दिगो ब्याट्री व्यवस्थापन प्रति प्रतिबद्धता जनाएको छ । कम्पनीले लिथियम आयोन ब्याट्री ब्यवस्थापन गर्न भारतको सबैभन्दा ठूलो ब्याट्री लाइफसाइकल म्यानेजमेन्ट कम्पनी ‘लोहम क्लिनटेक प्राइभेट लिमिटेड’सँग साझेदारी गरेको छ । यसले ब्याट्री ब्यवस्थापनमा कम्पनीको तयारीलाई प्रदर्शित गर्छ ।

