काठमाडौं । जापानीज अटोमोवाइल कम्पनीहरू टोयोटा, माज्दा र सुवारुले ‘नेक्स्ट जेनेरेसन कम्बस्चन इन्जिन’को विकास मिलेर गर्ने घोषणा गर्दा अर्को ब्राण्ड निसानले त्यसको ठिक उल्टो बाटो समातेको छ । निसानले पेट्रोल र डिजेल इन्जिनको विकासमा थप लगानी नगर्ने घोषणा गरेको हो ।
निसानका अनुसार कम्पनीले इन्टरनल कम्बस्चन इन्जिनको विकासमा यसअघि नै धेरै लगानी गरिसकेको बताएको छ ।
निसानका सिनियर भाइस प्रेसिडेन्ट तथा चीफ प्लानीङ अफिसर फ्रान्कोइस बेलीले एक अन्तरर्वार्तामा कम्पनीको लक्ष्य र भविष्य ईभी रहेको बताए । उनले नै कम्पनीले आइसीई इन्जिनमा थप लगानी नगर्ने जनाएका हुन् ।
निसानले अबका दिनमा आफ्ना आइसीई पावर कारहरुलाई फुल्ली इलेक्ट्रीक मोडल बनाउने ट्रान्जीसनल फेजमा ई-पावर टेक्नोलोजीको प्रयोग गर्ने बेलीले जानकारी दिए । ई पावर टेक्नोलोजीमा कम्बस्चन इन्जिनले चक्कालाई गुडाउने नभई ब्याट्री चार्ज गर्नका लागि जेनेटरको काम मात्रै गर्छ ।
निसानले नयाँ हाइब्रिड कारहरुको इफिसीयन्सी बढाउनका लागि कम्बस्चन इन्जिनको ५० प्रतिशतले थर्मल इफिसीयन्सी बढाउने जनाएको छ । कम्पनीले धेरै वर्षको परिक्षण पछि सन् २०२१ मा ई-पावरको प्रोटोटाइप देखाएको थियो ।
जापानी निर्माताले आफ्नो ध्यान ईभीमा रहने बताए पनि सबै लाइनअप अहिले नै ईभीमा आउने होइन । विश्वका कतिपय देशमा अहिले पनि युरो २ स्ट्याण्डर्डका कारहरु बिक्री भइरहका छन् ।

