बाइकिङमा नयाँ उचाइ छुँदै रोयल इनफिल्ड, ‘बाइकर फेस्ट २०२४’ सम्पन्न

काठमाडौं । अघिल्लो साताको शनिबार (जेठ १२ गते) रोयल इनफिल्डले बाइकर फेस्ट २०२४ सम्पन्न गर्यो । कम्पनीले २६० जनाभन्दा धेरै राइडर सहभागी गराएर ‘बाइकर फेस्ट’ सम्पन्न गरेको हो ।

काठमाडौदेखि तनहुँको बन्दिपुरसम्म २०० भन्दा धेरै मोटरसाइकलमा २६० जनाले सहभागिता जनाएका थिए । ललितपुर बालकुमारीस्थित रोयल इनफिल्डको सर्भिस सेन्टरबाट सुरू भएको बाइकर फेस्ट बन्दिपुर पुगेर सम्पन्न भएको थियो ।

काठमाडौंदेखि मुग्लिन हुँदै बन्दिपुर पुगेका राइडहरूलाई बन्दिपुर होटल एशोसिएशनले बाजागाजा सहित स्वागत गरेको थियो । उक्त कार्यक्रममा लोकल सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो भने, आदर्श मिश्राले स्याण्डअप कमेडी प्रस्तुत गरेका थिए ।

साँझलाई सांगितिक बनाउन जेम्स प्रधानले प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा सासंद योगेश भट्टराई, बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरूको समेत सहभागीता थियो ।

रोयल इफिल्डको नयाँ बिक्रेतामा नियुक्त भएदेखि अल्फा अटोमोटिभले आन्तरिक पर्यटन पबद्र्धनको काम निरन्तर लागि परेको कम्पनीका निर्देशक मेघराज पौडेलले बताए ।

‘हामीले यो आर्थिक वर्षमा मात्र १५० भन्दा धेरै साना ठूला राइड सम्पन्न गरिसकेका छौं । यसले देशको आन्तरिक पर्यटनमा साढे ८ करोड रुपैयाँभन्दा धेरैको योगदान गरिसकेको छ । आगामी दिन हामी यस्तो राइडलाई अझै बढावा दिँदै जानेछौं,’ उनले भने ।

बाइकर फेस्ट २०२४ एक रात दुई दिनको आयोजना गरिएकोमा आगामी वर्षदेखि २ दिन ३ रातको बनाउने योजना रहेको पौडेलले जानकारी दिए ।

बन्दिपुरमा बाइकहरूलाई स्वागत गर्दै एमाले नेता योगेश भट्टराइले रोयल इनफिल्डले गर्दै आएको पर्यटन प्रबद्र्धनको कामलाई निरन्तरता दिन आग्रह गरे ।

‘आज रोयल इनफिल्ड मार्फत जोडिएर २६० भन्दा धेरै राइडर यहाँ आउनुभएको छ । यसले पक्कै पनि यहाँको पर्यटनमा सहयोग पुर्याएको छ । आगामी वर्षको बाइकर फेस्ट मेरो क्षेत्र पाथिभरामा गर्न आग्रह गर्दछु,’ भट्टराईले भने ।

इलामको रमणीय क्षेत्रमा तपाईंहरूलाई स्वागत गर्न आफू तयार रहेको बताउँदै भट्टराइले भने, ‘इलामसम्म मोटरसाइकल राइड गर्दै आउने र मागेको वर दिने पाथिभरासम्म जान निम्तो दिन चाहान्छु ।’

विभिन्न ३० क्लबले सहभागिता जनाएको राइडमा कलाकार तथा होस्ट रेमनदास श्रेष्ठ र गायक जेम्स प्रधानले काठमाडौंदेखि बन्दिपुरसम्म रोयल इनफिल्ड बाइकमा राइड गरेको थिए । उक्त राइडमा मिडिया, कन्टेन्ट क्रियटर, लेडी राइडर लगातयले सहभागिता जनाएका थिए ।


Back_to_top