भारतीय बजारमा सदावहार आफ्नो पकड जमाउने अटो निर्माता कम्पनीको रुपमा मारुती सुजुकी र हुन्डाई परिचित छन् । एकआपसमा कडा प्रतिस्पर्धा गर्ने यी कम्पनीहरूको मोडलहरू बजारमा अत्याधिक रुचाईदैआएको छ । यद्यपी मारुती सुजुकीको तुलनामा हुन्डाईको बजार हिस्सा निकै कम रहेको छ ।
नोभेम्बर महिनामा चर्चित अटो निर्माता कम्पनी मारुती सुजुकीले आफ्ना गाडीहरू अत्याधिक बिक्री गर्दै वेष्ट–सेलिङ्ग सूचीमा ६ वटा कारसहित बलियो उपस्थिति जनाएको छ । त्यस्तै, हुन्डाई भने टप–१० वेष्ट सेलिङ्ग सूचीमा ४ कार पार्न सफल भएको छ ।
बजारमा सधैँ आकर्षक उपस्थिति जनाउने मारुती स्वीफ्टले नोभेम्बर २०१८ मा २२ हजार १९१ युनिट बिक्री गरेको छ भने वेष्ट सेलिङ्ग सूचीको पहिलो नम्बरमा आफूलाई उभ्याएको छ । यसले मारुती डिजायरलाई धेरै नै अन्तरमा पछि पारेको छ ।
त्यस्तै, मारुती डिजायरले नोभेम्बर २०१८ मा २१ हजार ३७ युनिट बिक्री गर्दै वेष्ट सेलिङ्ग सूचीको दोस्रो नम्बरमा उभिएको छ । मारुती स्वीफ्टकोभन्दा मारुती डिजायरको बिक्री १ हजार १५४ युनिटले कम रहेको छ । त्यस्तै, बलेनोलाई यसले धेरै नै अन्तरमा पछि पारेको छ ।
टप–१० वेष्ट सेलिङ्ग सूचीमा मारुती स्वीफ्ट र डिजायरभन्दा पछि बलेनो रहेको छ । नेक्सा बलेनोले नोभेम्बर २०१८ मा १८ हजार ६४९ युनिट बिक्री गर्दै वेष्ट सेलिङ्ग सूचीको तेस्रो नम्बरमा रहेको हो । बलेनोले अहिलेसम्म करिब ५ लाख युनिट गाडी बिक्री गरिरहेको छ ।
त्यस्तै, टप–१० वेष्ट सेलिङ्ग कारको सूचीमा चौथो स्थानमा मारुतीकै अल्टो रहेको छ । यसले नोभेम्बर २०१८ मा १८ हजार ६४३ युनिट बिक्री गरेको छ । मारुती ब्रेजाले १४ हजार ३७८ युनिट बिक्री गर्दै वेष्ट सेलिङ्ग सूचीको पाँचौँ नम्बरमा स्थान बनाएको छ । त्यस्तै, मारुतीकै वागेन–आरले ११ हजार ३११ युनिट बिक्री गर्दै सूचीको छैटौँ नम्बरमा स्थान बनाएको छ ।
हुन्डाईको विभिन्न मोडलहरूमध्ये आई–२० ले बजारमा उत्कृष्ट प्रदर्शन गरेको छ । हुन्डाई आई–२० ले हुन्डाईको मोडलहरूमध्ये सबैभन्दा बढी युनिट बिक्री गरेको छ । यसले नोभेम्बर २०१८ मा १० हजार ५५५ युनिट आई २० बिक्री भएको थियो । यो टप–१० वेष्ट सेलिङ्ग सूचीको सातौँ स्थानमा रहेको छ ।
त्यस्तै, हुन्डाई क्रेटाले ९ हजार ६७७ युनिट बिक्री गर्दै सूचीमा आठौँ नम्बरमा स्थान बनाएको छ । नोभेम्बर २०१८ मा ९ हजार २५२ युनिट बिक्री गर्दै हुन्डाई ग्रान्ड आई–१० वेष्ट सेलिङ्ग सूचीको नवौँ स्थानमा रहेको छ । नोभेम्बर महिनामा हुन्डाई ग्रान्ड आई–२० र आई–१० बीचको बिक्री अन्तर ४२५ युनिटमात्रै रहेको छ ।
त्यस्तै, हुन्डाई स्यान्ट्रो यसले बजारमा सार्वजनिक भएको २ महिनामा नै १० औँ स्थान बनाउन सफल भएको छ । नोभेम्बरमा ९ हजार ९ युनिट बिक्री गर्दै वेष्ट सेलिङ्ग सूचीको १० औँ नम्बरमा स्थान बनाएको हो । यो हुन्डाईको चौथो मोडल हो, जसले वेष्ट सेलिङ्ग सूचीको १० औँ नम्बरमा लगातार स्थान बनाएको छ ।

