काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशभर हुन्डाई एक्सचेन्ज कार्यक्रम सुरुवात गरेको छ ।
हरेक दिन विहान १० देखि साँझ ६ बजे सम्म सञ्चालन हुने सो ‘हुन्डाई एक्सचेन्ज’मा स्पट एक्सचेन्ज र मूल्यांकन, सहज फाइनान्स र इन्स्योरेन्स तथा क्यास डिस्काउन्ट उपलब्ध रहनेछ ।
एक्सचेन्जमा १ लाख ५० हजार बराबरको एक्सचेन्ज बोनस र १५ हजार बराबरको लोयल्टी बोनस ग्राहकले प्राप्त गर्ने छन् ।
यो वाहेक ग्राहकले यो योजनामा ४ वर्षको फ्रि सर्भिसिङ, ३ वर्षको वारेन्टी र हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार प्रदान गरिने लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रुपेश शर्मा भट्टले ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अपग्रेड गर्ने सुवर्ण अवसर प्रदान गर्नका लागि सो एक्सचेन्ज कार्यक्रम ल्याएको बताए ।
हुन्डाई एक्सचेन्ज क्याम्प नेपालका सम्पूर्ण डिलर नेटवर्कमा उपलब्ध हुनेछ । एक्सचेन्ज मंसिर २२ सम्म चल्ने छ ।

