टाटाले रियर ह्वील ड्राइभ सिस्टममा ल्याउँदै नयाँ एसयूभी

काठमाडौं । टाटाले आफ्नो पछिल्लो ईभी प्लेटफर्म ‘एक्ट.ईभी’मा बनाएको ह्यारीयरको रियर ह्वील ड्राइभ सिस्टममा आउने भएको छ । कम्पनीले पन्च ईभी बनाएकै प्लेटफर्ममा ल्याउने ह्यारीयर भने रियर ह्वील ड्राइभमा आउने भएको हो ।

परीक्षणका क्रममा देखिएको ह्यारीयर ईभीमा रियर माउण्टेड इलेक्ट्रीक मोटर देखिएको हो । यसको मतलब ह्यारीयर अल ह्वील ड्राइभ अप्सनमा समेत आउने छ । अल ह्वील मोडलको अगाडि र पछाडि दुबै एक्सलमा इलेक्ट्रीक मोटर हुनेछ ।

कम्पनीले आधिकारीक जानकारी नदिएता पनि ह्यारीयर ईभीमा ६० किलोवाट अवारको व्याट्री प्याक रहने छ । जसको रेन्ज करिब ५०० किलोमिटर हुने अनुमान गरिएको छ ।

डिजेल ह्यारीयरको तुलनामा इलेक्ट्रीक भर्सनमा विभिन्न प्रकारका फरक फिचरहरु रहने छन् । यसमा क्लोज अफ फ्रन्ट ग्रिल, नयाँ डिजाइनको फ्रन्ट र रियर बम्पर, नयाँ डिजाइनको अलोय ह्वील अहिले नै देख्न सकिन्छ ।

टाटाले यसमा भेहिकल टु लोड (भीटुएल) र भेहिकल टु भेहिकल (भीटुभी) फिचर उपलब्ध गराउने विषय पहिल्यै जानकारी दिइसकेको छ ।

विभिन्न रिपोर्टहरुका अनुसार ह्यारीयर ईभी यसै आर्थिक वर्षको अन्त्यसम्ममा बजारमा आइसक्ने छ । यसको सिधा प्रतिस्पर्धा महिन्द्राको एक्सयूभी ७०० को बेसमा बनेको एक्सयूभी ई८ एसयूभीसँग हुनेछ । यसको अनुमानित मूल्य भारतीय बजारमा करिब ३० लाख हुनेछ ।


Back_to_top