भारतीय बजारमा उत्पादन भएको टाटा नेक्सनले ग्लोबल एनक्यापमा पहिलो पटक ५ स्टार रेटिङ्ग पाएको छ । ग्लोबल न्यू कार एसिस्मेन्ट प्रोगाम (एनक्याप)ले गरेको क्रयास टेष्ट परिक्षणमा टाटा नेक्सनले ५ स्टार रेटिङ्ग प्राप्त गरेको हो ।
नेक्सन सब–४ मिटर एसयूभीले कुल १७ अंकमा १६.०६ अंकसहित ५ स्टार रेटिङ्ग प्राप्त गरेको हो । जुन, भारतीय कार इतिहासमै सबैभन्दा उत्कृष्ट क्रयास टेष्ट नतिजा हो ।
टाटा नेक्सनले यसअघि भएको ग्लोवल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ्ग पाएको थियो । त्यसपछि कम्पनीले नेक्सनमा नयाँ फिचरहरु थप गर्दै सुरक्षामा अझ मजबुद बनाएको थियो । जसकारण अहिलेको टेष्टमा गाडीले ५ स्टार रेटिङ्ग पाउन सफल भयो । नेक्सनमा एबीएस र सिटबेल्ट रिमाइन्डर पछि थप गरिएको हो ।
नेक्सनको सबै भेरियन्टमा डुअल एयरब्याग दिइएको छ । चाइल्ड सेफ्टीमा भने नेक्सनले ३ स्टार रेटिङ पाएको छ ।

