काठमाडौं । पछिल्लो समय १२५ सीसी सेग्मेन्टका स्कुटरले राम्रो बजार ओगटेका छन् । नेपाली बजारमा उपलब्ध १२५ सीसी सेग्मेन्टका स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दो छ । हाल, नेपाली बजारमा सोही सेग्मेन्टको होन्डा ग्राजिया, टीभीएस एनटर्क र सुजुकी वर्गम्यान स्ट्रीट १२५ ले निकै चर्चा बटुलेका छन् ।
नेपाली बजारमा उपलब्ध यी तीनवटै स्कुटरबीच तिव्र प्रतिस्पर्धा हुनेछ । होन्डा ग्राजिया र टीभीएस एनटर्क बीच यसअघिदेखिनै चलिरहेको छ भने अब यो भिडमा सुजुकी बर्गम्यान स्ट्रीट पनि प्रबेश गरेको । हामीले संयुक्तरुपमा यी मोडलको तुलनात्मक भिन्नतालाई यहाँ प्रस्तुत गरेका छौँ ।
विशेषता
सुजुकी वर्गम्यान स्ट्रीट–१२५ र होन्डा ग्रजियामा एलईडी हेडल्याम्पकासाथै पोजिशन लाइट, स्ट्यान्र्डर्ड ह्यालोजिन ल्याम्प, डीआरएसलको सुविधा दिइएको छ । वर्गम्यान स्ट्रीटमा एलईडी टेलल्याम्प, फूल इन्स्ट्रुमेन्ट क्लष्टरका साथै, ब्लू–टुथ कनेक्टिभिटी, नेभिगेसन असिस्ट, कलर आइडी, लास्ट पार्क लोकेशन अस्टीटलगायतका विशेषता उपलब्ध छन् ।
तीनवटै स्कुटरमा यूएसबी चार्जिङ्ग पोइन्ट, अलोय–ह्वील, फ्रन्ट डिस्क–ब्रेक लगाइएको छ ।
एनटर्कमा एलईडी डे–टाइम रनिङ्ग लाइट भए तापनि हेडलाइट एलईडीमा छैन । अन्डर–सीट स्टोरेज क्षमता उत्कृष्ट रहेको एनटर्क स्टाइल र स्पोर्टी लूक्सको कारण युवाहरूको रोजाईमा पर्न सफल भइसकेको छ ।
यो स्कुटर आफ्नो सेग्मेन्टमा नै पहिलो ब्लू–टुथ इन्बेल्ड इन्ट्रुमेन्ट कल्स्टर दिइएको छ । यसको प्रयोग स्मार्टफोनको सहयोगले नेभिगेशनमा गर्न सकिन्छ । स्कुटरमा स्पोर्ट–मोड दिइएको छ, जसले रेसिङ्ग डाटा, ल्याप समय स्क्रृनमा देख्न सकिन्छ । तीन ट्रीप मिटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचर्सहरू नर्मल मोडमानै पाइन्छ ।
यस स्कूटरमा रहेको लो–फ्यूलवार्निङ्गले रिजर्भमा आएपछि कति दूरी पार गरेको छ भन्ने कुरा देखाउँछ । एन्कर–एपले पनि कामको धेरै सूचनाहरू दिने गर्छ । राइड रिपोर्ट जेनरेट भएपश्चात् दूरी (डिस्टेन्स), टाइम, ट्राफिकको टाइम र पछिल्लोपटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरूको जानकारी यस एपले दिने गर्छ ।
होन्डाको ग्राजिया स्कुटर स्टाइलिस र पफर्मेन्सको कारण चर्चामा छ । अटोमेटिक एलईडी हेडलाइट भएको यो पहिलो स्कूटर हो । त्यसैगरी, थ्रीस्टेप ईकोस्पीड इन्डिकेटर यसमा दिइएको छ, जसका कारण आवश्यकताअनुसारको स्पीड लिन सकिन्छ । सिटओपन गर्नका लागि ‘फोर इन् वान् लक’ छ । त्यसैगरी, यसमा अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र स्मार्टफोन चार्ज गर्न मिल्ने फ्रन्ट पकेटसमेत उपलब्ध रहेको छ ।
तीनवटै स्कुटरमा यूएसबी चार्जिङ्ग पोइन्ट, अलोय–ह्वील, फ्रन्ट डिस्क–ब्रेक लगाइएको छ । एनटर्कमा भने २२ लिटरको स्टोरेज स्पेश रहेको छ । वर्गम्यान स्टीट्रमा २१.५ लिटर र ग्राजियामा १८ लिटरको स्पेश स्टोरेज रहेको छ ।
ह्वील ब्रेक र सस्पेन्सन
सुजुकी वर्गम्यान स्ट्रीटको फन्टमा १२ इन्च अलोय–ह्वीलकासाथै पछाडि १० इन्चको ह्वील लगाइएको छ । दुईवटै पाङ्ग्रा ट्यूवलेस रहेका छन् । यसको फ्रन्टमा सिंगल डिस्क–ब्रेककासाथै रियरमा ड्रम–ब्रेक लगाइएको छ । यसको फ्रन्टमा उपलब्ध सस्पेन्सन ड्यूटीजलाई टेलिस्कोपिक फ्रन्ट–फर्क र सक–याब्जर्बसले ह्यान्डल गर्ने गर्छ ।
त्यस्तै, एनटर्कमा १२ इन्चको अलोय–ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रन्ट डिस्क–ब्रेक दिइएको छ । एक सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्यूल ट्याङ्क छ ।
एनटर्कले प्रतिलिटर ६० किलोमिटरसम्मको माइलेज दिने छ, भने ग्राजिया एक लिटर पेट्रोलमा ६० किलोमिटरसम्म चलाउन सकिन्छ ।
होन्डा ग्राजियामा अलोय–ह्वील दुईवटै पाङ्ग्रा ट्यूवलेस टायर दुवै किसिमको डिस्क वा ड्रम ब्रेक छनोट गर्न सकिन्छ । यसको फ्रन्टमा उपलब्ध सस्पेन्सन ड्यूटीजलाई टेलिस्कोपिक फ्रन्ट–फर्क र सक–याब्जर्बसले ह्यान्डल गर्ने गर्छ ।
इन्जिन र ट्रान्समिसन
एनटर्क र ग्राजियामा १२५ सीसी क्षमताको इञ्जिनको प्रयोग गरिएको छ । एनटर्क स्कूटरमा तीन–भल्व टेक्नोलोजीको प्रयोग गरिएको छ । यसको इन्जिनले बढीमा ९.३ ब्रेक हर्सपावर शक्ति उत्पादन र १०.५ एनएम–टर्क जेनेरेट गर्छ । यसको टप–स्पीड ९५ किलोमिटर रहेको छ भने शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन यसले नौ सेकेन्डमै समात्न सक्ने कम्पनीको दाबी छ ।
कडा प्रतिस्पर्धीको रुपमा बजारमा उत्रिएको वर्गम्यान स्ट्रीट–१२५ ले कस्तो व्यापार गर्ला त्यो भने हेर्न बाँकी रहेको छ ।
त्यस्तै, होन्डा ग्रजियामा पनि १२५ सीसी एयरकुल्ड फोर–स्ट्रोक इञ्जिन प्रयोग गरिएको छ । यसले ८.५२ बीएचपी पावर र १०.५४ एनएम–टर्क प्रदान गर्छ । यसको ह्वीलवेश १,२६० एमएम छ । यो सेल्फ र किक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ । साथै, सुजुकी वर्गम्यानमा उपलब्ध १२४ सीसी सिङ्गल सिलिन्डर एयर कुल्ड इन्जिनले ७ हजार आरपीएममा ८.७ बीएचपी पावरकासाथै ५ हजार आरपीएममा १०.२ एनए–टर्क उत्पादन गर्छ ।
मूल्य
होन्डा ग्राजिया नेपाली बजारमा गत जेठमा भित्रिएको थियो । यसको बजार मूल्य दुई लाख १८ हजार रहेको छ भने, टीभीएस एनटर्कको मूल्य दुई लाख २४ हजार नौ सय रुपैयाँ रहेको छ । यो मोडल गत नाडा अटो शोमा नेपाल भित्रीएको थियो । सुजुकी बर्गम्यान स्ट्रीटको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ ।
माइलेज
माइलेजको विषयमा वर्गम्यान स्ट्रीट पछाडि रहेको छ । यसले प्रतिलिटर ५३ किलोमिटर माइलेज प्रदान गर्छ । साथै, अन्य दुई स्कुटरको माइलेजमा भने समानता झल्झिएको छ । एनटर्कले प्रतिलिटर ६० किलोमिटरसम्मको माइलेज दिने छ, भने ग्राजिया एक लिटर पेट्रोलमा ६० किलोमिटरसम्म चलाउन सकिन्छ । यी तीनै स्कुटरको माइलेज कम्पनीले दाबी गरेरको हो । सडकमा गुडाउदा फरकपनि हुन सक्छ ।
निश्कर्ष
एकै सेग्मेन्टमा निर्माण भएका तीनवटै स्कुटर आकर्षकस्वरुप, विशेषता तथा सुविधाका लागि चर्चित छन् । यद्यपि, माइलेज तथा इन्जिन स्पेसिफिकेशनको आधारमा वर्गम्यान स्ट्रीट केही पछाडि जस्तो देखिन्छ । त्यस्तै, पफर्मेन्स, क्षमता र मूल्यको आधारमा टीभीएस एनटर्क निक्कै राम्रो विकल्प बन्नसक्छ । तर, कम मूल्यसँगै, आकर्षक विशेषता र सुविधा समेटिएको ग्राजिया पनि उत्कृष्ट स्कुटर हो ।
नेपाली बजारको अवस्थालाई नियाल्दा होन्डा ग्राजियाको तुलनामा टीभीएस एनटर्कप्रति ग्राहकको आकर्षण बढी रहेको छ । सँगै, कडा प्रतिस्पर्धीको रुपमा बजारमा उत्रिएको वर्गम्यान स्ट्रीट–१२५ ले कस्तो व्यापार गर्ला त्यो भने हेर्न बाँकी रहेको छ । समग्रमा भन्नु पर्दा, आधुनिक विशेषता र सुविधासम्पन्न फिचर भएका तीनवटै स्कुटरले ग्राहकको ध्यान तान्न सफल भएका छन् ।


