धेरै जसो नेपालीले सिनेमा देखेका साइड कार अब इलेक्ट्रीकमा आउने भएको छ । रसियन टु–ह्वीलर उत्पादक कम्पनी उरलले ब्याट्री, कन्ट्रोलर तथा जिरो–एसको मोटर जडान गरिएको इलेक्ट्रीक साइड–कारको प्रोटोटाइप सार्वजनिक गरेको हो ।
कम्पनीले साइड–कारको चेसिसमा एफजेड–६.५ र साइड–कारको सिटमा हेभी–जेडएफ १३.० गरी दुईवटा ब्याट्री प्याकको प्रयोग गरेको छ ।
सामान्य सर्किटबाट चार्ज हुने उक्त साइड–कारले प्रतिघन्टा १६० किलोमिटरको रफ्तार पकड्न सक्छ । यसलाई फूल–चार्ज गर्न १३ घन्टाको समय अवधि लाग्ने कम्पनीले जनाएको छ ।
जिरो कम्पनीको सल्लाहबमोजिम कम्पनीले क्यालिफोर्नियास्थित डिजाइन स्टुडियो र आईसीजीको मद्दतमार्फत् प्रोपोटाइपको डिजाइन तथा प्याकेजिङ्ग गरेको हो ।
आईसीजीले प्रोटोटाइपको स्नेजी साइड यालोई–प्यानल र फ्यूल ट्याङ्कीभित्र चार्जिङ्ग स्पोट राखेको छ । उबरले साइड कारमा स्पोर्ट, ईको र कस्टुम गरी तीनवटा मोड दिएको छ । यसमा उपलब्ध इलेक्ट्रीक मोटर निकै पावरफूल रहेको कम्पनीको दाबी छ ।
साइड–कार जुनसुकै सडकमा सहजै गुड्न सक्छ । हिलो सडकमा गुड्ने समयमा यसको पछाडि रहेको टायर केही बाहिर निक्लने कम्पनीले जनाएको छ ।
पेट्रोलबाट सञ्चालित बहानमा जस्तै यस ईभी मोडलमा पनि रिभर्स गियर लगाइएको छ । जिरो कम्पनीको इलेक्ट्रीक मोटरको प्रयोग गरिएको साइड–कार निकै पावरफूल भएको बताउँदै उरलले साइड–कार ग्राहकको रोजाईमा पर्ने दाबी गरेको छ ।

