सुजुकीले यूरोपमा जिम्नीको बिक्री बन्द गर्दै, यस्तो छ कारण

काठमाडौं । जापानी अटोमोवाइल ब्राण्ड सुजुकीले आफ्नो चर्चित मोडल जिम्नी यूरोपमा बिक्री बन्द गर्ने भएको छ । कम्पनीले यूरोपियन प्रदुषण मापदण्ड पुरा गर्न नसक्दा बिक्री बन्द गर्ने भएको हो ।

यूरोपमा कुनै पनि अटोमोवाइल कम्पनीले गाडी बिक्री गर्न अनिर्वाय रुपमा विद्युतीय गाडी पनि बिक्री गर्नु पर्ने हुन्छ । अहिले सुजुकीसँग कुनै पनि ईभी मोडल नभएको कारण जिम्नीको पनि बिक्री बन्द गर्न लागेको हो ।

सुजुकीले यूरोपमा बिक्री गर्दै आएको थ्री डोर जिम्नीमा के१५बी १.५ लिटर पेट्रोल इन्जिन र ५ स्पीड म्यानुअल तथा अटोमेटीक गियर अप्सनमा उपलब्ध छ ।

तुलनात्मक रुपमा कार्बनडाईअक्साइड धेरै उत्सर्जन गर्ने भएको कारण यसलाई बिक्री रोक्न लागिएको हो । यसले प्रतिकिलोमिटर १५४ देखि १७० ग्रामसम्म गियरबक्स अनुसार कार्बन उत्सर्जन गर्छ । अहिले यूरोपमा प्रतिकिलोमिटर औषत ९५ ग्राम भन्दा बढी कार्बनडाइसक्साइड उत्र्सन गर्ने भेहिकल मात्रै बिक्री गर्न पाइन्छ ।

सुजुकीले अहिलेसम्म जिम्नीलाई एन-वान क्याटगोरीमा राखेर बिक्री गर्दै आएको थियो । कम्पनीले जर्मनी लगायतका देशबाट भने नयाँ अर्डर लिन छाडेको अटोकारले उल्लेख गरेको छ ।

सन् २०२६ मा विद्युतीय जिम्नी सहित पुनः यूरोप प्रबेश गर्ने योजना अनुसार अब पेट्रोल जिम्नीको बिक्री यूरोपमा बन्द गर्ने भएको हो ।


Back_to_top