१ लाख ८९ हजारमै १०० किलोमिटर रेन्ज दिने स्कुटर

काठमाडौं । सुनरा इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल आएको छ । सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङले कम मूल्यको नयाँ स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले १ लाख ८९ हजार रुपैयाँ तोकेर सुनरा के ५ नेपाल भित्र्याएको हो ।

कम्पनीले नेपाल भित्र्याएको सुनर के ५ मा ४ किलोवाट पिक पावर क्षमता भएको मोटर उपलब्ध छ । यसमा ७२ भोल्ट ३५ एम्पीयर अवारको ग्राफिन ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गर्न ६/७ घन्टा लाग्छ । एक पटक फुलचार्ज गरेर यो स्कुटरलाई १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघन्टाको छ ।

सुनरा के ५ मा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स छ भने यसको दुबै तर्फ डिस्क ब्रेक दिइएको छ । यसमा अल एलइडी लाइट, स्माट कि, अन्डसिट बुट स्पेस पाउन सकिन्छ ।

यसअघि कम्पनीले ‘सुनरा रोबो एस र हक’को दुई भेरियन्टका स्कुटरहरु विक्री गर्दै आएको थियो । केटीएम इन्टरनेशनलले बेनेलीका मोटरसाइकल तथा स्कुटर समेत बिक्री गर्दै आएको छ ।


Back_to_top