नेपालका लागी टाटा मोटर्सको आधिकारीक बितरक सिप्रदी ट्रेडिङले अनाैठाे एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । टाटा नाइट आउट नामक दिएकाे यस योजना नेपालमै पहिलो पटक हुन लागेको जनाइएको छ ।
यो योजना काठमाडौ थापाथली स्थित टाटाकाे स्वरुममा बेलुका ६ बजेदेखि राती १० बजेसम्म संचालन हुने छ । बिहिवार र शुक्रबार बेलुका चल्ने यो योजनामा सहभागिहरूले हरेक एक्सचेन्जमा ६ लाख सम्मको नगद छुट, फ्रि एक्सेसरिज, हरेक कारकाे भ्यालुएसनमा फ्यूल फ्रि, टेस्ट ड्राइभमा आर्कषक गिफ्ट तथा प्रत्येक कार बुकिङमा स्मार्टफोन उपहार जस्ता थुप्रै सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
यो योजनाले कार्यलय सकेर आउने ग्राहकका लागी उपयुक्त रहनेछ । आज बेलुकि ६ बजे देखि चल्ने यो योजनामा स्न्याक्स तथा वेभरेजकाे समेत ब्यवस्था गरेको कम्पनीले जनाएको छ ।

