२० वर्ष ब्याट्री टिक्ने इलेक्ट्रीक कार, नेपालमा भिभिआईपीको पहिलो रोजाई

काठमाडौं । इलेक्ट्रीक भेइकल भन्ने बित्तकै सानो, कम रेन्ज, आधुनिक सुविधा कम भएको र सुरक्षाको दुष्टिकोणले कमजोर रहन्छ भन्ने आम जनमानसको सोचाइ रहेको छ । 

यो मान्यतालाई परिवर्तन गर्न सफल भएको छ । चिनियाँ बजारमा निर्मित अत्याधुनिक बिवाईडी (बिल्ड योर ड्रिम्स्) ले उत्पादन गरेको इसिक्स एमपीभी (मल्टी पर्पोज भेइकल) ।

बिवाईडी विश्वको सबभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी हो । यस कम्पनीमा चर्चित अमेरिकी सेयर लगानीकर्ता वारेन्ट बफेटको समेत लगानी रहेको छ । 

बीवाइडीले सन् २००९ बाट यो एमपीभी मोडलको उत्पादन सुरु गरेको हो । यो गाडी चाइनाको सडकमा सिङ्गल ब्याट्रीमा नै २८ लाख ५० हजार किलोमिटर गुडिसकेको छ । बिवाईडीले साना गाडी मात्र नभई ठूलाबसहरु पनि उत्पादन गर्दै आएको छ । 

नेपाली बजारमा बीवाइडीका सवारीसाधन आयात गर्दै आएको कम्पनी साइमेक्स इकले हालै मात्र बिवाईडीका ५ वटा इलेक्ट्रीक बस लुम्बिनी बिकास कोषलाई बिक्री गरेको छ । यी बसहरु चाँडै नै साझा यातायातले संचालन गर्ने तयारी गरेको छ । 

भिभिआइपी र भिआइपीको रोजाइ 

नेपालका उच्च ओहोदाका व्यक्तिहरुबाट यसको प्रयोग हुन थालेबाट गाडीको सुरक्षितपन र आरामदायीतालाई थप बल प्रदान गरेको छ । नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेल, उर्जा मन्त्री वर्षमान पुन, योजना आयोगका उपाध्यक्ष प्रोफेसर डा. पुष्पराज कँडेलले उक्त गाडी प्रयोग गरिरहेका छन् । 

त्यसैगरी गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, साँग्रिला होटलका मालिक प्रशिद्धबहादुर पाण्डे, व्यवसायी मनोज गोयल, नेपाल बिद्युल प्राधिकरणका एमडी कुलमान घिसिङ, उर्जा सचिव अनुप कुमार उपाध्याय, एनइए इन्जिनेरिङ्गमा हितेन्द्रदेव शाक्य,तनहु हाइड्रोपावरका प्रदिप थिकेलगायतले बीवाइडीको गाडी प्रयोग गरिरहेका छन् । यो गाडी पूर्णतया प्रदुषण मुक्त, आवाज मुक्त गाडी हो । 

पूर्ण डिजिटल

यो गाडी पूर्णडिजिटल गाडी हो । जसका सबै फङ्सन गाडी भन्दा परै वसेर हेर्न सकिन्छ । ब्याट्रीमा कति चार्ज छ ? गाडी लकअनलक गर्न तथा टायरमा भएको हावाको प्रेशरसमेत टाढा नै बसेरै हेर्न सकिन्छ । यसको ड्यास बोर्डमै ब्याट्रीको चार्ज तथा बाँकी चार्जले दिने रेन्जसमेत देखाउँछ । जसले गर्दा आरामले यात्रा गर्न सकिन्छ । 

फिचर

गाडीमा ५ जाना यात्रुले आरामसँग यात्रा गर्न सक्ने छन्, भने बुट स्पेश पनि ४५० लिटरको रहेको छ । यसको अधिकतम गति १४० किलोमिटर प्रतिघण्टाको रहेको छ । आधुनिक फिचरहरुले सुसज्जीती ईसीक्स मोडलमा ८० किलोवाट आवरको लिथिएम आयन फोस्फेट व्याट्रिले दिइएको छ । एकपटकको फुल चार्जमा ४०० किलोमिटर यसले माइलेज दिने छ । 

यसमा प्रयोग गरिएको मोटरले अधिकतम २२३ किलोवाट पावर तथा ४४० एनएम टर्क उत्पादन गर्छ । जसले गर्दा नेपालका सबै खाले बाटाहरुमा यो गाडी उपर्यूक्त रहेको कम्पनीको दाबी छ । यो गाडीलाई १०० किलोमिटरको रफ्तार समाउन जम्मा ८ सेकेन्ड मात्र समय लाग्छ । 

गाडीलाई फुल चार्ज गर्न फास्ट चार्जरबाट चार्जगर्दा बढीमा २ घण्टा लाग्ने छ । भने सामान्य चार्जरबाट चार्जगर्दा ८ देखि ९ घण्टासम्म लाग्छ । हालको विद्युतको मुल्य अनुसार यसको संचालन खर्च प्रति किलोमिटर रु १ मात्र रहेको छ । 

ब्याट्रीको लाइफ

यसमा दिइएको आधुनिक लिथीयम आयन फोस्फेट व्याट्रिको लाईफ ६००० साइकल अर्थात् लगभग २० वर्षको रहेको छ । कम्पनीका अनुसार २० वर्षको प्रयोगमा पनि २५ प्रतिसत मात्र इफिसीयन्सी घट्छ, त्यसपछि पनि लगभग ३०० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । 

नेपालमा संरचना

नेपालमा बिवाईडीको युरोपियन स्ट्ण्डर्डको १२ भन्दा बढी स्थानमा फास्ट चार्जीङ्ग स्टेसन जडान भईसकेको छ । उपत्यकामा सिंहदरवार भित्र २ वटा, नेपाल बिद्युत प्रादिकरणमा २ वटा , गैरिधारामा एकवटा, भाटभटेनीमा एकवटा, बालकुमारीमा २ वटा, साझाबस हरिहरभवनमा एकवटा, राष्ट्रपति कार्यालयमा एकवटा तथा काठमाण्डौ बाहिर नारायणघाट, बुटवल तथा हेटौडामा समेत फास्ट चार्जीङ्ग स्टेसनको जडान भईसकेको कम्पनीले जनाएको छ । 

साथै, कम्पनीले पोखरामा निकट भविष्यमै चार्जिङ्ग स्टेसनको व्यवस्था गर्नै लागेको जनाएको छ । कम्पनीले १ नम्बर प्रदेशमा नयाँ डिलर नेटर्वकसहित ८ स्थानमा चार्जिङ स्टेशन बनाउने जनाएको छ । 

मूल्य

बिवाईडीको नेपालका लागि आधिकारीक वितरक साइमेक्स इककाअनुसार ४०० कलोमिटर रेन्जको ईसीक्स मोडलको मूल्य ६६ लाख रहेको छ । 


Back_to_top