भारतीय अटो निर्माता कम्पनी मारुती सुजुकीले भारतीय बजारमा भिटारा ब्रेजाको सफलतापछि नयाँ प्रिमियम एसयूभी ल्याउने भएको छ । कम्पनीले सन् २०२० को अटो एक्स्पोमा यसलाई सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
कम्पनीले सन् २०१६ मा भारतीय बजारमा भिटारा ब्रेजाको इन्डियन स्पेसिफिक एसयूभी सार्वजनिक गरेको थियो । जसलाई ग्राहकहरुले निकै मन पराएका छन् । यसैको सफलता पछि कम्पनीले नयाँ एसयूभी ल्याउन लागेको हो ।
भिटारा ब्रेजाको अपग्रेटको रुपमा बन्ने सेभेन-सिटर प्रिमियम एसयूभीले जीप कम्पास तथा सेकेन्ड जेनेरेशनको क्रेटासँग प्रतिस्पर्धा गर्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले यसलाई एस-क्रस फ्ल्यागशीपमा निर्माण गरिने छ ।
कम्पनीले नयाँ भिटारा ब्रेजालाई फिफ्थ जेनेरेशन ग्लोबल सी प्लेटफर्ममा निर्माण गर्ने अनुमान गरिएको छ । सी-सेग्मेन्टको यस एसयूभीले सेभेन सिटर टाटा ह्यारियरसँग पनि प्रतिस्पर्धा गर्ने छ ।

