काठमाडौं । विश्वकै सबैभन्दा ठूूलो सोडियम आयोन ब्याट्री स्टोरेज निर्माण भएको छ । चीनको हुवे प्रान्तमा बनेको उक्त ब्याट्री स्टोरेज प्लान्ट गत जुन ३० बाट संचालनमा आएको हो ।
चिनियाँ सरकारी कम्पनी डाटाङ कर्पोरेशनले बनाएको उक्त ब्याट्री प्लान्टको क्षमता १०० मेगावाट प्रतिघण्टाको विद्युत स्टोरेज गर्न सक्ने रहेको छ । उक्त स्टोरेजबाट १२ हजार घरपरिवारलाई एक दिनका लागि विजुली सप्लाई गर्न सकिन्छ ।
विश्वकै ठूलो ब्याट्री स्टोरेज निर्माण गर्न आवश्यक ब्याट्री भने ‘हिना ब्याट्री’ नामक कम्पनीले बनाएको हो । यो विश्वमै अहिलेसम्म बनेको सबैभन्दा ठूलो सोडियम आयोन ब्याट्री इनर्जी स्टोरेज हो ।
डाटाङ कर्पोरेशनले उक्त स्टोरेज २०० मेगावाट आवर बनाउन लागेको हो । दुई फेजमा निर्माण चलिरहेको प्रोजेक्टको पहिलो फेज निर्माण सम्पन्न भएको हो । एउटा फेजमा ४२ व्याट्री वेको संयोजन रहको छ ।
एक पटकको चार्जमा १ लाख किलोवाट अवारको इलेक्ट्रीसीटी स्टोरेज गर्न किल्ने स्टोरेजबाट अति ब्यस्थ समयमा १२ हजार घरलाई बिजुली सप्लाई हुनेछ । यसको कारण प्रतिवर्ष १२ हजार टन कार्बन उत्सर्जन रोकिने छ ।
इनर्जी स्टोरेजसँगै इलेक्ट्रीक भेहिकलहरुमा लिथियम आयोन ब्याट्रीको प्रयोग हुँदै आएको छ । यस्तोमा पहिलो पटक सोडियम आयोनको प्रयोग भएकाले चर्चा धेरै भएको हो ।
विश्वमा लिथियमको भन्दा सोडियमको भण्डारण धेरै रहेको र सोडियम लिथियमभन्दा सस्तोसमेत हुन्छ । साथै, सोडियमको पर्फमेन्स चिसो समयमा पनि लिथियमको भन्दा राम्रो हुन्छ । त्यसैले यसको प्रयोग बढ्दै जान थालेको हो ।


