लुयानको मनसुन अफर सार्वजनिक, नगद छुटदेखि एक्सचेन्ज सुविधासम्म

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरले मनसुन अफर सार्वजनिक गरेको छ । लुयान ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी जीरो इमिसन राइड एनले लुयान मनसुन अफर शुरु गरेको हो ।

यस अफर अन्तर्गत लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले १० हजार नगद छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्न्ेछन् ।

नगदका अलावा ग्राहकले हरेक स्कुटरको खरिदमा प्रिमियम हेलमेट, रेनको तथा चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस प्राप्त गर्नेछन् ।

यसका साथै यो मनसुन अफरमा ग्राहकले आफुसँग भएको कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग लुयानका नयाँ स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीले फाइनान्स सुविधा समेत उपलब्ध गराएको जनाकारी दिएको छ ।

यो स्किम कम्पनीको सबै शोरुमहरूमा उपलब्ध हुने कम्पनीको भनाई छ ।


Back_to_top