काठमाडौं । विश्वकै पहिलो सिएनजी मोटरसाइकल बजाज फ्रिडमको पहिलो यूनिट मोटरसाइकल डेलिभरी भएको छ । बजाज अटोले पहिलो यूनिट मोटरसाइकल डेलिभरी दिएसँगै देशभर फ्रिडमको बुकिङ खुला गरेको हो ।
कम्पनीले भारतको पुनेमा पहिलो मोटरसाइकल डेलिभरी दिएको हो ।
योसँगै बजाजको भारतभर रहेको डिलर नेटवर्कमा फ्रिडमको बुकिङ खुला गरिएको कम्पनीले जानकारी दिएको छ ।
तीन भेरियन्टमा आएको फ्रिडम १२५ को ड्रम, ड्रम एलईडी र डिस्क एलईडी रहेका छन् ।
कम्पनीले फ्रिडम १२५ को मूल्य ९५ हजार रुपैयाँदेखि १ लाख १० हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेको छ ।
बजाजको पहिलो सीएनजी मोटरसाइकलमा २ किलोग्राम क्षमताको सीएनजी ट्याकंसंगै १२५ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । यस मोटरसाइकलको अधिकतम पावर ९.५ पीएस रहेको छ भने यसको टर्क पावर ९.७ एनएम रहेको छ । यसमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।


