मारुती सुजुकीले आफ्ना नयाँ तीन गाडीलाई सन् २०२० को दिल्ली अटो शोमा सार्वजनिक गर्ने गरी निर्माण सुरु गरेको छ । कम्पनीले टोयोटा कोरोला बेस प्रिमियम सेडान, नेक्स्ट जेनेरेशन भिटारा ब्रेजा र एस–क्रस गरी तीन गाडीलाई निर्माण गर्न लागेको हो ।
कम्पनीले यी गाडीहरूमा टोयोटाको फुल हाइब्रिड टेक्नोलोजीको प्रयोग गर्नेछ । सुजुकी र टोयोटाबीचको सहकार्यमा यी एसयूभीहरू निर्माण हुन लागेका हुन् ।
मारुतीले आफ्ना नयाँ एसयूभीमा टोयोटाको पेट्रोल–इलेक्ट्रीक हाइब्रिड टेक्नोलोजीको प्रयोग गर्नेछ । कोरोला बेस सेडानमा पहिलोपटक कम्पनीले हाइब्रिड टेक्नोलोजी प्रयोग गर्नेछ ।
हाइब्रिड पावरट्रेनकासाथ–साथै कम्पनीले कोरोला बेस सेडानमा १.८ लिटर पेट्रोल इन्जिन दिने जनाएको छ । जसले १४० पीएस पावर र १७३ एनएम–टर्क उत्पादन गर्छ ।
बिभिन्न रिपोर्टकाअनुसार मारुतीको कोरोला बेस सेडानले आगामी वर्षको फेस्टिभ सिजनबाट आफ्नो बिक्री सुरु गर्ने छ । कम्पनीले अहिले नयाँ कारको परीक्षणसमेत गरिरहेको छ ।
कम्पनीले सन् २०२० को अटो एक्स्पोमा ७ सिटर सुजुकी भिटारा पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

