रोयल इनफिल्डका ग्राहकले विश्वभर वारेन्टी पाउने

काठमाडौं । रोयल इनफिल्डले पहिलो पटक ‘बोर्डरलेस वारेन्टी प्रोगाम’ सार्वजनिक गरेको छ । यो वारेन्टीले विश्वभरका ७० देशका २ हजार ६०५ सहरमा लागू हुने कम्पनीले जनाएको छ ।

यस्तो बोर्डरलेस वारेन्टी प्रोगाम ल्याउने रोयल इनफिल्ड पहिलो कम्पनी भएको हो ।

यो योजनाले देश बाहिर मोटरसाइकलमा यात्रा गर्ने इनफिल्डका ग्राहकहरूले लाभ हुने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार विश्वभर रहेको रोयल इनफिल्डको आधिकारिक बिक्रेता कम्पनीहरूका सर्भिस सेन्टरमा यो सुविधा उपलब्ध हुनेछ । यद्यपि, यो कार्यक्रम आधिकारिक शोरुमबाट किनेका ग्राहकहरूमा मात्र लागू हुनेछ ।

बोर्डरलेस कार्यक्रमको सुरूआतका बारेमा बोल्दै कम्पनीका बजार अधिकृत यादविन्दर सिंह गुलेरियाले भने, ‘रोयल इनफिल्डले साहसिक यात्रा गर्ने हाम्रा राइडहरको समुदायलाई बढावा दिन समर्पित भई बोर्डरलेस वारेन्टी कार्यक्रम ल्याएको छौं । यसले राइडहरूमा अभूतपूर्व स्तरको समर्थन र विश्वास प्रदान गरेर ग्राहकहरूको अनुभवलाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं ।


Back_to_top