नेपाल आउँदै ‘एनएस ४००’, कति पर्ला मूल्य ?

काठमाडौं । बजाज मोटरसाइकलको पल्सर सिरिजकै सबैभन्दा ठूलो पल्सर एनएस ४०० नेपाल आउने भएको छ । अघिल्लो महिना भारतीय बजारमा सार्वजनिक भएको पल्सर एनएस ४०० जेड नेपाल आउने भएको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले आगामी भदौ ११ गतेदेखि हुने नाडा अटो शो २०२४ मा उक्त मोटरसाइकल प्रर्दशन गर्ने तयारी थालेको छ ।

कम्पनी स्रोतका अनुसार अटो शो २०२४ मा प्रर्दशन गर्न नसके फेस्टिभ सिजनमा सार्वजनिक हुने बताइएको छ ।

नेपालमा हाल पल्सर सिरिजमा एन २५० रे डोमिनार ४०० समेत उपलब्ध छ । पल्सर सिरिजमा आउने पल्सर एनएस ४०० डोमिनारभन्दा कम मूल्यमा आउने अनुमान गर्न सकिन्छ ।

भारतीय बजारमा एनएस ४०० जेडको मूल्य १ लाख ८५ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेको छ। यो मूल्य भारतमा डोमिनारभन्दा ४६ हजार कम हो । त्यस हिसावले ५ लाख हाराहारी मूल्यमा एनएस–४०० नेपाल आउने अनुमान गर्न सकिन्छ ।

युनिक हेड्ल्याम्प, बोल्ड स्टाइल डीआरएल, ट्याकं एक्स्टेन्सन, ग्रायाब ह्यान्डल, स्प्लीट सीट र नयाँ रेडियटरको प्रयोगले मोटरसाइकलको लुक्स निकै आकर्षक देखाएको छ ।

यसमा प्रयोग भएको ३७३ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनले अधिकतम ४० बीएच पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स, स्लिप र असिस्ट क्लच उपलब्ध छ ।

बजाज डोमिनारभन्दा १९ किलोग्राम तौल कम रहेको नयाँ एनएस ४०० जेडमा १२ लिटरको फ्युल ट्याङ्क दिइएको छ । एनएस ४०० जेडको टप स्पीड भने १५४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीले नयाँ मोटरसाइकलमा डिजिटल कन्सोल, कलरफुल एलसीडी डिस्प्ले, ४ राइडिंग मोड, ४३ एमएमको यूएसडी फर्क, प्रिलोड एड्जस्टेबल मोनोशक सस्पेन्सन दिइएको छ ।

त्यसैगरी, फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । स्वीचेबल सिस्टमको डबल च्यानल एबीएस, स्वीचेबल ट्रयाक्सन कन्ट्रोल, एग्जस्ट मफ्लर, फुल एलईडी लाइट र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको प्रयोग भएको छ ।

ब्लुटूथ कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट र टर्न बाइ टर्न नेभिगेसन जस्ता फिचर रहेको मोटरसाइकलमा दिइएको ब्रेक र क्लचलाई मेनुअल्ली एड्जस्ट गर्न सकिन्छ ।


Back_to_top