सिट्रोनको कुपे एसयूभी बसाल्टको इन्टेरियर र एक्सटेरियर रिभिल

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी सिट्रोनले भारतमा आफ्नो चौथो मोडल बसाल्टको रिभिल गरेको छ ।

सिट्रोनले बसाल्ट कुपे एसयूभीको प्रोडक्ट स्पेसिफिकेसन आज एक कार्यक्रमका बीच भारतको दिल्लीमा अफिसियल अनभिल गरेको हो ।सिट्रोनले गत मार्चमा विकासोन्मुख देशको लागि ‘सी कुब्ड प्रोगाम’ अन्तर्गत विकास गरेका बसाल्टको गत मार्चमा स्केच सार्वजनिक भएको थियो ।

सीट्रोनले बसाल्टलाई साउथ अमेरिका र युरोपियन देशमा समेत लन्च गर्नेछ ।

एक्सटेरियर डिजाइन

कुपे एसयूभी बसाल्टको एक्सटेरियर डिजाइनमा आकर्षक फेसिया रहेको छ । यसमा दुई पार्टमा ग्रिल डिजाइन दिएको छ भने तल सिल्भर कलरको स्कीड प्लेट रहेको छ । यसमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी डेटाइम रनिङ लाइट, ह्वीलआर्कको माथि स्क्वायर अफ क्लाइडिङ, इलेक्ट्रीक ओआरभीएम, पिन्च विण्डो लाइन, १७ इन्चको अलोय ह्वील, पुलअप डोर ह्याण्डल रहेको छ ।

रियरमा आकर्षक डिजाइनको टेलगेट, ४७० लिटरकाे बुटस्पेश, थ्रीडी इफेक्ट सहितको हेलोजिन टेलल्याम्प, ब्ल्याक एण्ड सिल्फर कलरको ड्युलटोन बम्पर लगायत छ ।

बसाल्ट पोलार ह्वाइट, स्टील ग्रे, प्लाटिनम ग्रे, कस्मो ब्लू र गार्नेट रेड गरी पाँचथरिको मानोटोन कलर तथा रेड र ह्वाइटमा कन्ट्रास ब्ल्याक रुफ अप्सन समेत छ ।

इन्टेरियर फिचर

बसाल्टको इन्टेरियर ग्लसब्ल्याक तथा टेक्चर सर्फेस भएको आकर्षक ड्यासबोर्ड रहेको छ । यसमा एचएभीसी प्यानलमा डिजिटल रिडआउट रहेको छ भने यसको अगाडि स्टोरेट सहितको ठूलो साइजको फ्रन्ट आर्मरेष्ट, रियर आर्मरेष्ट हेडरेष्ट, रियर सिटमा थाइ सपोर्ट, रियर एसी भेन्ट लगायत फिचर छन् ।

त्यस्तै, बसाल्टमा १०.२५ इन्चको सेन्टर माउण्टेड फ्लोटिङ टचस्क्रीन तथा ७ इन्चको अल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, कन्ट्राेल सुइच सहितकाे थ्री स्पोक स्टेरिङ ह्वील, कनेक्टेड कारटेक सहितको १५ वाटको वायरलेस स्मार्टफोन चार्जर आदि रहेको छ ।

सुरक्षाको लागि बसाल्टमा ६ वटा एयरब्याग, ईएसपी, हिलहोल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ लगायत स्ट्याडर्ड रहेको छ ।

इन्जिन र पावरट्रेन

सिट्रोनको बसाल्टमा १.२ लिटरको नेचुरल्ली एस्पिरेटेड तथा टर्बो पेट्रोल इन्जिन अप्सन रहेको छ । बसाल्टको नेचुरल्ली एस्पिरेटेड इन्जिनले ८२ हर्सपावर तथा ११५ न्यूटन मिटरको टर्क तथा टर्बो इन्जिनले ११० हर्सपावर उत्सर्जन गर्छ ।

बसाल्टको नेचुरल इन्जिनसँग ५ स्पीडको म्यानुअल गियरबक्स रहेको छ । त्यस्तै, टर्बो इन्जिनसँग १९० न्युटन मिटरको टर्क प्रदान गर्ने ६ स्पडको म्यानुअल तथा २०५ न्युटन मिटरको ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स अप्सन रहेको छ ।

सिट्रोन बसाल्टको नेचुरल पेट्रोल इन्जिनले १८ किलोमिटरको तथा टर्बो पेट्रोल इन्जिनले १८.७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

बसाल्टले भारतीय बजारमा ५ आगामी बुधबार लन्च हुने टाटा कर्भसँग सीधा प्रतिस्पर्धा गर्र्नेछ । साथै, मिडसाइज एसयूभीहरू हुन्डाईको क्रेटा, किया सेल्टोस, मारुती सुजुकी ग्राण्ड भिटारा तथा होण्डा एलिभेट पनि यसको प्रतिस्पर्धी मोडल हुन् ।


Back_to_top