काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनीको बजाजले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा पल्सर एन १२५ ल्याउने भएको हो ।
भारतीय बजारमा १२५ सीसी सेग्मेन्टको व्यापार बढ्दै गएपछि कम्पनीले पल्सर १२५ र पल्सर एनएस १२५ पछि स्पोर्टी कम्युट सेग्मेन्टमा पल्सर एन १२५ ल्याउने भएको हो ।
कम्पनीले विभिन्न समयमा परीक्षण गर्दै आएको पल्सन एन १२५ पल्सर १२५ को स्पोर्टीयर भर्सनको रूपमा आउने छ । बजाज अटोले एन सिरिजमा एन १५०, एन १६० र एन २५० सीसीका मोटरसाइकल बिक्री गर्दै आएको छ ।
पल्सर एन १२५ को तस्वीर हालै मात्र परीक्षणको क्रममा देखिएको थियो । पल्सर एन १२५ यो सेग्मेन्टको हिरो एक्स्ट्रीम १२५ आर तथा टीभीएस रेडरको तुलनामा अझै स्पोर्टी देखिएको छ ।
सार्वजनिक तस्वीरका अनुसार एन १२५ मा ट्याङ्क एक्स्टेन्सन, फ्रन्ट फर्क कभर, एलईडी हेडल्याम्प सेटअप, स्प्लीट सिट, अलोय ह्वील, डिस्क ब्रेक तथा अन्डरबेली एक्जष्ट देख्न सकिन्छ ।
यसका अलावा यो मोटरसाइकलमा एलसीडी डिजिटल क्लस्टर, ब्लुटूथ कनेक्टिभिटी, टर्न वाई टर्न नेभिगेशन, जस्ता फिचर उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
यो मोटरसाइकलको पावरको बारेमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन । यसमा पल्सर एनएस १२५ कै इन्जिन प्रयोग हुने अनुमान गरिएको छ । यो इन्जिनले ११.८ एनएम टर्क तथा ११ ब्रेकहर्ष पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ ।


