काठमाडौं । यामाहाको चर्चित नेकेड स्पोर्टस् मोटरसाइकल एमटी-१५ भी २ नेपाल आएको छ । कम्पनीले एमटी-१५ भीको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो ।
कम्पनीले रेगुलर मोडल एमटी-१५ को तुलनमा भी २ को मूल्य २५ हजार रुपैयाँले धेरै राखेर बिक्री गर्न लागेकाे हाे । कम्पनीले यामाहा एमटी-१५ मा सामान्य परिर्वतन गरेर एमटी १५ भी २ सार्वजनिक गरेको हो ।
यामाहा एमटी १५ भी २ मा एमटी १५ कै इन्जिन उपलब्ध छ । यसमा अप साइड डाउन सस्पेन्सन र ब्लूटूथ कनेक्टेड फिचर दिइएको छ । एमटी १५ भी २ मा अन्य कुनै परिवर्तन गरेको छैन ।
यसमा दिइएको भीभीए टेक्नोलोजीमा आधारित इन्जिनले अधिकतम १० हजार आरपीएममा १८.४ हर्सपावर र ७५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्सका साथै स्लिपर क्लच दिइएको छ । यसमा सिंगल च्यानल एबीएस उपलब्ध छ ।

