विभिन्न बाइक निर्माता कम्पनीहरूले आगामी वर्ष २०१९ मा बजारमा ल्याउने तयारी गर्दै धेरै मोडल उत्पादनमा लागेका छन् । ती मध्य केही बाइकहरू नेपाली बजारमा पनि आउने छन् ।
अबको केही महिनाभित्र बजाजको बहु–प्रतिक्षित मोटरसाइकल डोमिनार, हिरो–एक्स–पल्सलगायतका बाइकहरू २०१९ मा सार्वजनिक हुँदैछन् । यी मोडलहरू भारतीय बजारमा सार्वजनिक भएको केही समयपश्चात् नेपाली बजारमा पनि आउनेछन् ।
यहाँ नेपाली बजारमा पनि आउन सक्ने यी चार बाइकहरूको चर्चा गरिएको छ ।
बजाज डोमिनार
बजाजले नयाँ डोमिनारलाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसअघि स्पोर्टी बाइकको रुपमा बजारमा रहेको यो बाइक अब क्रूज अवतारमा आउने भएको छ ।
बजाज डोमिनार अहिले बजारमा स्पोट्र्स टुअर मोडलमा उपलब्ध रहेको छ । नयाँ डोमिनारमा पुरानै ३७३.३ सीसीको सिङ्गल सिलिन्डर इन्जिनमा उपलब्ध हुनेछ । यो बाइकको इन्जिनले ३५ पीएस पावर र ३५ एनएम–टर्क उत्पादन गर्छ । सिक्स–स्पीड म्यानूअल गियर रहेको यस बाइकमा ड्यूल–चेन एबीएस फिचरसमेत उपलब्ध हुनेछ ।

कम्पनीले २०१९ को सुरुवातमा ल्याउने तयारी गरेको यस बाइक नेपालमा पनि आउन सक्ने सम्भावना रहेको छ ।
हिरो एक्सपल्स–२००, हिरो एक्सपल्स–२०० टी
हिरो मोटोकर्पका दुई नयाँ मोडल हिरो ‘एक्सपल्स’ र हिरो ‘एक्सपल्स–टी’ सार्वजनिक हुने तयारीमा छ । कम्पनीले यी दुई मोडललाई सन् २०१९ मा सार्वजनिक गर्नेछ ।
हिरो एक्सपल्स–२०० टीमा आधुनिक प्रविधि र रेट्रो स्टाइलिङ्ग दिइएको छ । हिरो एक्सपल्स–२०० टीले आरामदायी यात्रा दिन्छ भने यो लामो दूरीको यात्राको लागि समेत निकै उपयोगी हुनेछ ।

यसमा उपलब्ध फिचरहरूमा ब्लू–टुथ कनेक्टिभीटी, डिजिटल स्पीडोमिटर, नेभिगेसन, एलईडी हेडलाइट र टेल–ल्याम्प दिइएको छ । साथै, सुरक्षाको नयाँ मापदन्डअनुसार सिङ्गल च्यानल एबीएस उपलब्ध रहनेछ ।
हिरो एक्सपल्स–२०० इन्ट्री–लेभल एड्भेन्चर टुरर बाइक हो । एक्सपल्स–२०० को फ्रन्ट र रियरमा २१–१८ इन्च वायर स्पोक–ह्वील र १७ इन्च अलोए–ह्वील दिइएको छ ।
कम्पनीले यी दुई बाइकमा २०० सीसी, लिक्विड–कुल सिङ्गल–सिलिन्डर इन्जिनमा उपलब्ध गराउनेछ । उक्त इन्जिनले १८ बीएच पीपावर र १७ एनएम–टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड ट्रान्समिसन जडान गरिएको छ ।
केटीएम–३९० एड्भेन्चर

केटीएमले भारतीय बजारमा ३९० एड्भेन्चर सार्वजनिक गर्ने तयारी गरेको छ । २०१९ को अन्त्यतिर उक्त मोटरसाइकल सार्वजनिक हुने जनाइएको छ । यो मोटरसाइकल डूक–३९० प्लेटफर्ममा निर्माण भएको छ । कम्पनीले यसमा ३७३.२ सीसी इन्जिन दिएको छ जसले ४३ बीएचपी पावर र ३७ एनएम–टर्क प्रदान गर्छ ।
बेनेली टीआरके–५०२

बेनेलीको एड्भेन्चर–टुरर मोटरसाइकल टीआरके–५०२ लाई सार्वजनिक हुने तयारीमा रहेको छ । कम्पनीले यसलाई सन् २०१९ मा सार्वजनिक गर्नेछ । यसमा ४९९.६, फोर–स्ट्रोक, लिक्विड–कुल्ड प्याराल्ल ट्वीन इन्जिन दिएको छ । जसले ४७ बीएच पीपावर र ४५ एनएम–टर्क उत्पादन गर्छ ।
यसमा सिक्स–स्पीड गियर–बक्स दिइएको छ । उक्त मोटरसाइकलको तौल २१३ किलोग्राम रहेको छ भने फ्यूल ट्याङ्क क्षमता २० लिटर रहेको छ ।


