पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ प्रतिलिटरले घटाएको छ । निगमले पेट्रोलसँगै डिजेल र मट्टीतेलको पनि मूल्य घटाएको हो ।

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलसँगै डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

त्यसैगरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।


Back_to_top