काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनको सौराहामा आफ्नो नेपालभरी रहेका डिलरहरुलाई पन्च ईभीको टेस्ट ड्राइभ गराइरहेको छ । टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिस टिमको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।
नाडा अटो शोमा लन्च गर्न लागिएको पन्च ईभी नेपालको बहुप्रतीक्षित गाडी हो । सबै सहभागीहरुले पन्च ईभी चलाएपछि आफुहरु उत्शाहित बनेको प्रतिक्रिया दिएका छन् ।
पन्च ईभीमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प-ओभर एंगल्स लगायतका विशेषताहरु छन् । यसका साथै यसमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रन्टमा १४ लिटरको थप स्पेस छ ।
माईक्रो एसयूभी पन्च ईभीले क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ । भारत एनक्यापले सम्पन्न गरेको उक्त टेष्टमा पन्च ईभीले एडल्ट र चाइल्ड दुबै अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको हो ।


