काठमाडौं । नाडा अटो शो २०२४ मा साना कारको प्रदर्शनी पनि राम्रै संख्यामा हुने देखिन्छ । विभिन्न कम्पनीहरुले मिनी कार र ह्याचब्याक कारहरु पनि अटो शोमा प्रदर्शनी गर्दैछन् ।
विद्युतीय गाडीको ब्यापक सहभागिता रहने अटो शोमा केई, बीएडब्लू र लिप मोटर्सले साना कारहरु देखाउने भएको हो । सम्भवत केईले क्यूट-२ र क्यूट-४ गरी दुई मोडल प्रदर्शनी गर्नेछ ।
त्यसैगरी बीएडब्लूले सानो मिनी कार ल्याउने छ । साथै, लिप मोटर्सको टी–०३ मोडल प्रदर्शनीको लागि राखिने छ । भोल्ट्सको एचईभी-४०० पनि अटो शोमा रहनेछ । यी कारहरूको मूल्य २० लाखदेखि ३० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।
लिप टी-०३
चिनियाँ ब्राण्ड लिप मोटर्सको टी-०३ ह्याचव्याक अटो शोमा प्रदर्शनी हुनेछ । यसको मूल्य अहिल्यै घोषणा नभएपनि २२ लाखदेखि २५ लाख भित्रै रहने अनुमान गरिएको छ ।

सिंगल चार्जमा ३०० किलोमिटर हाराहारी रेन्ज दिने ह्याचव्याकमा १५ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, तीन अलग ड्राइभिङ मोड लगायतका आधुनिक फिचर रहने छन् ।
लिप मोटर्सले टी-०३ मा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८ इन्चको टीएफटी डिस्प्ले, भिजन रुफ जस्ता फिचर दिएको छ ।
क्यूट
केईले उत्पादन गरेको क्यूट २ र ४ ढोका भएको फरक मोडलमा उपलब्ध हुने अनुमान गरिएको छ । केई क्यूटको इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर छ ।

मिनी कार भएर पनि यसमा सेग्मेन्ट फस्ट ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, फिजगेट स्पीनर कि, पुस बटम स्टार्ट, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर छन् ।
केईले ह्याचव्याकमा १७.६९ किलोवाट आवर र २८.०८ किलोवाट आवरकोे दुई ब्याट्री अप्सन यसमा दिएको छ । यसले ३१ किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । फास्ट चार्जरले चार्ज गर्दा जम्मा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
कम्पनीले यसमा ३५ र ४० किलोवाटको दुई इलेक्ट्रीक मोटर दिएको छ । यसले ब्याट्री साइज अनुसार फुल चार्जमा २०० र ३०० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । कारको टपस्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।
‘एचइभी-४००’
भोल्टस् एचईभी-४०० पनि साना कारको सूचीमा रहेर अटो शोमा प्रदर्शनी हुनेछ । यसमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले, जीपीएस नेभिगेशन, भ्वाइस रिकगनिशन, ओटा अपडेट दिइएको छ ।

दुई ब्याट्री अप्सनमा नेपाल आउने एच ईभी-४०० मोडलमा ३२.५६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ३८.५४ किलोवाट आवरको ट्रनरी लिथियम ब्याट्री पाउन सकिन्छ ।
यसमा रहेको सानो लिथियम आयोन फस्फेट ब्याट्रीले सिंगल चार्जमा ३०२ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । ठूलो साइजको ट्रनरी ब्याट्रीले भने ४०८ किलोमिटर रेन्ज दिने सीएलटीसीको जनाएको छ ।
दुवै ब्याट्री भएको कारमा मोटर भने समान ३५ किलोवाट क्षमताको पाउन सकिन्छ । यसको पीकटर्क भने १२५ एनएम रहेको छ ।
बीएडब्लू ब्रम्बी
बीएडब्लू मोटर्सको ब्रम्बी ह्याचव्याक पनि अटो शोमा प्रदर्शनी हुने भएको छ । यसमा २५ किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर दिएको छ । यसको रेटेड पावर १५ किलोवाट छ ।

दुई कलरमा सजिएको इन्टेरियर, १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, पार्किङ राडार, ३६० डिग्री क्यामेरा, हाइटेक सेफ्टी फङ्गसन जस्ता फिचर यसमा रहेका छन् ।
चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रीक ह्याचव्याकमा १५.१२ किलोवाट आवरको सानो साइजको ब्याट्री छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा १७२ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी भएपनि रोडमा त्यति पनि रेन्ज आउने छै

