काठमाडौं । जिहो इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल भित्रने भएको छ । चिनियाँ इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी जिहोले एइ ४ इलेक्ट्रीक स्कुटर नेपाल ल्याउन लागेको हो ।
आगामी भदौ ११ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२४ मा ऋषी ट्रेड सेन्टरले जिहो एइ ४ सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले नेपाल भित्र्याउने तयारी गरेको जिहो एइ ४ मा ३ किलोवाट पीक पावर क्षमताको मोटर छ । यसमा ७२ भोल्ट ४८ एम्पीयर आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई एकपटकको फुलचार्जमा ९० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसले फास्ट चार्जर समेत सर्पोट गर्छ ।
यसमा डिस्क ब्रेक, एलसीडी डिस्प्ले, क्रुज कन्ट्रोल, एन्टी थेफ्ट अर्लाम, राइड मोड, एलइडी लाइट्स जस्ता फिचर उपलब्ध छन् ।
जिहोको एइ सिरिजकै समान डिजाइन भएको एइ ४ को मूल्य कति हुन्छ भन्ने कुराको कुनै जानकारी बाहिर आएको छैन । तर, नेपाली बजारमा बिक्री भइरहेको मोडलको तुलनामा यसको मूल्य भने कम हुनेछ ।
ऋषी ट्रेड सेन्टरले जिहो एइ ८, एइ ६ र एइ ६ प्लस नेपाली बजारमा बिक्री गर्दै आएको छ । यसका अलावा कम्पनीले सिएफ मोटोका मोटरसाइकल बिक्री गर्दै आएको छ ।