बीवाइडीको नयाँ प्लान्ट पाकिस्थानमा बन्ने

काठमाडौं । बवाइडीले तिब्र गतिमा विश्वभर आफ्नो बजार विस्तार गर्दै लगेको छ । यहि क्रममा कम्पनीले दक्षिण एसियाली राष्ट्र तथा विश्वको पाचौं धेरै जनसंख्या भएको देश पाकिस्थानमा कार उत्पादन गर्ने भएको हो ।

बीवाइडीले पाकिस्थानमा एटो-थ्री, डल्फिन र सिल सेडान एकै साथ बिक्र सुरु गरेको छ । साथै, पाकिस्थानमा प्लगइन हाइब्रिड तथा ब्याट्री इलेक्ट्रीक दुबै भृहिकल बिक्री गर्ने योजना सार्वजनिक गरेको हो ।

बीवाइडीले पाकिस्थानमा मेगा कङलोमरेटलाई स्थानिय पार्टनर बनाएको छ । यो पाकिस्थानको सबैभन्दा ठूलो बिजनेस ग्रुप हो । उक्त साझेदारी डिलसशिपमा मात्र सिमित नभएर पाकिस्थानमै प्mयाक्ट्री स्थापना गरी सन् २०२६ सम्ममा गाडीहरु उत्पादन गर्ने पनाइएको छ ।

मेगा मोटर्स पाकिस्थानको सबैभन्दा ठूलो निजी क्षेत्रको ऊर्जा उत्पादक ‘हब पावर कम्पनी’को सहायक कम्पनी हो । कम्पनीले कराँची नजिकैको कासिम पोर्टमा प्लान्ट लगाउने जनाएको छ । यस सहरमा यस अघि जापनीज र कोरियन कार उत्पादकहरुले टोयोटा, सुजुकी, किया जस्ता ब्राण्ड एसेम्ब्ली प्लान्ट लगाएका छन् ।

पाकिस्थानमा गत वर्ष ८५ हजार ८७ यूनिट कार बिक्री भएको थियो । सन् २०३० सम्ममा बिक्री हुने कार मध्ये ३० प्रतिशत नयाँ कार न्यू इनर्जी भेहिकल बनाउने लक्ष्य पाकिस्तान सरकारले लिएको छ ।

बीवाइडीले भारतमा प्लान्ट बनाउन धेरै वर्षदेखि प्रयास गरिरहेको छ । तर, भारत र चीनबीच बढेको पछिल्लो समयको तनावपछि भारतले ग्रेटवाल मोटर्स, बीवाइडील तथा एमजीलाई लगानी गर्न रोकेको थियो । एमजीले पहिलानै उत्पादन शुरु गरिसकेकोले व्यवसाय विस्तार गर्नका लागि स्थानीय साझेदार भित्र्याउन वाध्य भएको थियो । भारतमा प्लान्ट बनाउन नपाएसँगै बीवाइडी पाकिस्थान तर्फ मोडिएको अनुमान गर्न सकिन्छ ।

बीवाइडीले यस अघिनै ८० भन्दा बढि देशमा आफ्नो पहुँच विस्तार गरिसकेको छ । गत जुलाइमा बीवाइडीले थाइल्याण्डमा पहिलो फुल्ली ओन फ्याक्टी स्थापना गरिसकेको छ ।


Back_to_top