काठमाडौं । एथर इलेक्ट्रीकको सस्तो मोडल नेपाली बजारमा बिक्री सुरू भएको छ ।
एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी वैद्यज् इनर्जीले नेपालमा एथर ४५० एसको बिक्री सुरू गरेको हो ।
कम्पनीले एथर ४५० एसको मूल्य ३ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरू गरेको हो । यो स्कुटर नेपाली बजारमा बिक्री हुने एथरको सबैभन्दा सस्तो मूल्यको स्कुटर भएको छ ।
एथर ४५० एक्स जस्तै ४५० एस पनि दुई भेरियन्टमा नेपाल आएको हो । एथर ४५० एसमा एक्सकै समान फिचर उपलब्ध हुनेछ । एस भेरियन्टमा भने टच स्क्रीन डिस्प्ले उपलब्ध हुने छैन ।
यसका अलावा अन्य फिचर समान हुने यो स्कुटरको मूल्य एक्स भेरियन्टको भन्दा केही कम हुने अनुमान गर्न सकिन्छ । एथर ४५० एस २।९ किलोवाट र ३।७ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध हुनेछ ।
यसमा पार्किङ एसिस्ट, रिभर्स गियर, अटो होल्ड, गुगल म्यापसहितको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यी स्कुटरले सिंगल चार्जमा ९५ किलोमिटरदेखि १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीले सानो ब्याट्री प्याक भएको स्कुटरको मूल्य ३ लाख ५० हजार र ठूलो ब्याट्री प्याकको ३ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।

