एकैपटक १ हजार युनिट नेटा एक्स निर्यात, नेपालमा नाडा अटो शोमा बिक्री सुरू हुने

काठामाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक नेटा अटोले मिडसाइज एसयूभी नेटा एक्स अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सुरू गरेको छ । नेटाको एकैपटक १००० वटा नेटा एक्स मोडल सेन्टर र साउथ अमेरिका तथा साउथ एसियामा निर्यात भएको हो ।

नेटाको कम्प्याक्ट मिडसाइज एसयूभी नेटा एक्स नेपालमा पनि आगामी नाडा अटो शोबाट बिक्री सुरू हुनेछ । गत वर्षको नाडा अटोशोमा देखाएको नेटा युकै फेसलिफ्ट मोडल नेटा एक्स हो ।

नेपालको लागि नेटाको आधिकारिक वितरक सीजी मोटर्सले कम्फर्ट, कम्फर्ट लङरेन्ज तथा लग्जरी गरी नेटा एक्स ३ भेरियन्टमा बिक्री गर्ने जनाएको छ । कम्पनीले यसको इन्टडक्टरी प्राइस क्रमश ५२.९९, ५२.९९ र ६२.९९ लाख रुपैयाँ तोकेको छ ।

सीजी मोटर्सले ५२ किलोवाट अवार तथा ६२ किलोवाट आवर दुई फरक ब्याट्रीप्याक भएको मोडल बिक्री गर्ने जनाएको छ । यसको ५२ किलोवाट आवरले ४०० किलोमिटर तथा ६२ किलोवाट अवार ब्याट्रीले ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसलाई जम्मा ३० मिनेटमा डीसी फास्ट चार्जरले ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यो ईभीको लम्बाइ ४६१९ एमएम, चौडाइ १८६० एमएम, उचाइ १६२८ एमएमको रहेको छ । यसको ह्वीलबेस २७७० एमएमको रहेको छ भने यसमा १८५ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

नेटा एक्सको डिजाइन कन्फिडेन्स र प्रेजेन्स डिजाइन कन्सेप्टमा आधारीत रहेको छ । यसको फ्रन्टमा क्लोज फ्रन्ट ग्रील एलईडी डीआरएल तथा लोअर बम्परमा एलईडी हेडलाइट रहेको छ । यसको साइडमा सिल्भर कलरका क्लाडिङ १८ इन्चको अलोय ह्वील रहेको छ भने रियरमा एलईडी टेललाइट तथा कनेक्टेड ब्याकलाईट स्ट्रीप रहेको छ ।

यसको क्याबिन क्लिन डिजाइनको रहेको छ । यसको एसी कन्ट्रोल तथा म्युजिक कन्ट्रोलका स्वीचहरू स्क्रीनमै दिएको छ । यो ईभीको सेन्टर ड्यासबोर्डम १५.६ इन्चको इन्फोटेन्मेन्ट स्कृन रहेको छ भने ८.९ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानारोमिक सनरुफ, ३६० डिग्री क्यामरा, वायरलेस मोवाइल चार्जिङ प्याड, रियर एसी भेन्ट, भेहिकल टु लोड (भीटुएल), मल्टी ड्राइभ मोड, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर, फ्रन्ट तथा रियर आर्मरेष्ट, भेन्टिलेटेड तथा मेमोरी सिट, लेदर सिट कभर आदि रहेको छ ।

यो ईभीमा गियर सेलेक्टर तथा पार्किङब्रेक स्टेरिङ कोलुममै दिएकाले सेन्टर कन्सोलमा धेरै खालि स्पेश पाउन सकिन्छ । सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, एबीएस, इबीडी, ट्रयाक्सन कन्ट्रोल, हिल असिस्ट, ब्लाइण्ड स्पट मनिटरिङ, रियर क्रस ट्रोफिक अलर्ट, लेन किप असिस्ट, ट्राफिक जाम असिस्ट, फर्वाड कोलुजन वार्निङ आदि जस्ता फिचर रहेको छ ।

यो ईभीमा १०० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । जसले १३४ हर्सपावर तथा २१० न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यो ईभीको टप स्पीड १५० किलोमिटरसम्म रहेको छ ।

यो ईभीले साइज र मूल्यकोे आधारमा नेपाली बजारमा बिक्री भइरहेका बीवाइडी अटो३, ओमोडा ई ५, एमजी जेडएस ईभी, सेरेस३, हुन्डाई कोना जस्ता मिडसाइज इलेक्ट्रीक एसयूभीसँग सीधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top