देशभर चिसो बढी रहेको छ । चिसोको असर मानिसलाई जसरी हुन्छ, त्यसैगरी सवारी साधनलाई पनि हुने गर्छ । त्यसमा पनि गाडीलाई भन्दा बढी चिसोको असर बाइक तथा स्कुटरहरुमा पर्ने गर्छ ।
चिसोको कारण बाइकको पाईपमा पेट्रोल जम्नेदेखि स्टार्टगर्न कठिनाई हुने गरेको हामी धेरैले भोगेका छौं । साथै, चिसोको कारण बाइकमा भएको ब्याट्रीमा निकै धेरै समस्या देखापर्छ । जसको कारण सेल्फ स्टार्ट त गर्नै नसक्ने अबस्था आउन सक्छ । यस्तोमा केही सावधानी अपनाउने हो भने, बाइकलाई चिसोबाट बचाउन सकिन्छ । त्यसका अलावा जाडोमा यी ६ कुरालाई विशेष ध्यान दिनुपर्ने हुन्छ ।
१. चिसोको सबैभन्दा बढी असर टायरमा पर्छ । स्पोर्टस रबरले चिसो मौसममा राम्रोसँग काम गर्दैन । १० डिग्रिभन्दा कम तापक्रममा चल्नको लागि सिलिका बेस्ड स्पोर्ट टूरिङ टायरको प्रयोग गर्नुपर्छ ।
२. तापक्रम परिर्वतनसँगै टायरको प्रेसर चेक जाँच गर्ने गर्नुपर्छ । मौसममा परिर्वतनसँगै टायरमा हावाको चाप पनि फरक हुन्छ ।
३. चिसो मौसममा बिभिन्न ल्यूव आयल गाढा हुन्छ । जसको असर बाइकको इन्जिनमा पर्न जान्छ । यसलाई गतिशिल बनाउन ब्याट्रीले काम गर्नु पर्छ । त्यसैले बेला बेलामा ब्याट्रीको पावर चेक गर्नु पर्छ । ब्याट्रीमा १२.६ भोल्ट रिडिङ देखाएको खन्डमा त्यो ब्याट्रीलाई ठिक मान्न सकिन्छ ।
४.यदि एयर कुल्ड इन्जिन छ भने चिसोको समस्या कम आउँछ । यदि रेडिएटरमा पानीको प्रयोग गर्नुपर्छ भने, यसमा पानीको प्रयोग नगरि कुलेन्टको प्रयोगर्दा ठिक हुन्छ । पानी रेडिएटरमा जम्न सक्छ ।
५. बाइकको चेनमा तुषारोको असर सबैभन्दा बढी हुन्छ । त्यसैले बेला बखतमा बाइकलाई सफा गरिराख्नु पर्छ ।
६. लाईटमा कुनै किसिमको बस्तु जमेको छ भने त्यसको असर पर्न सक्छ । यदि लाईट परिर्वतन गर्ने सोच्नु भएको छ भने, राम्रो क्वालिटीको प्रयोग गर्नु पर्छ ।


