काठमाडौं । टीभीएस रोनिनको स्पेशल एडिशन नाडा अटो शो २०२४ मा प्रर्दशन गरिएको छ । कम्पनीले रेडर १२५ बीएस ६ सँगै रोनिनको स्पेशल एडिशन प्रदर्शन गरेको हो ।
टीभीएस मोटर्सको नपालको लागि आधिकारिक बिक्रता जगदम्बा मोटर्सले रेडर १२५ बीएस ६ को बिक्री सुरू गरेको हो भने रोनिन प्रर्दशन मात्र गरेको हो ।
कम्पनीले रोनिन १२५ बीएस ६ को मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ तोकेको छ ।
स्पेशल एडिशन रोनिनमा नयाँ ग्राफिकको प्रयोग गरिएको छ, भने यसमा फ्रन्ट फाइजर फ्याक्ट्री फिट आउँछ । यसमा अलावा यसमा कुनै मेकानिकल परिर्वतन गरिएको छैन ।
स्पेशल एडिशन रोनिनको मूल्य सार्वजनकि गरिएको छैन । यसको रेगुलर मोडलको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।
टीभीएस रोनीनमा २२५।९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलईडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।
कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनिनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।
त्यस्तै, यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुवै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनिनमा राइड मोड, फुल एलईडी हेडल्याम्प, टी सेप एलईडी डीआरएल, साइलेन्ट स्टार्ट जस्ता फिचर दिइएको छ ।


