१४ वर्षपछि नयाँ जेनेरेशनमा आयो ‘निसान पेट्रोल’ एसयूभी

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानले चौध वर्षपछि फुल साइज एसयूभी निसान पेट्रोलको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको छ । यसै वर्षको अन्त्यबाट बिक्री सुरु हुने पेट्रनेल एसयूभी नयाँ अपडेटेड प्लेटफर्मका बनेको हो ।

विल्कुलै नयाँ लुक्समा तयार भएको एक्सटेरियर र इन्टेरियरसहितको नयाँ पेट्रोल एसयूभीमा धेरै थरिका टेक्नोलोजीको प्रयोग गरिएको निसानले दावी गरेको छ । निसान पेट्रोललाई अमेरिकी बजारमा ‘अर्माडा’ नाममा बिक्री गरिन्छ ।

यसको एक्टेरियर डिजाइन बक्सी तथा रग्ड एपिरेन्स दिने खालको छ । अगाडि नोजमा पियानो व्ल्याक कलरको वाइड ग्रिल छ । भर्टिकल पोजिसनमा दिइएको हेडलाइट, अंग्रेजी अक्षर ई सेपको एलइडी डीआरएल छ ।

निसान पेट्रोलको हेडल्याम्प मसिनो क्रोमबारले कनेक्टेड छ । यसको फ्रन्ट बम्पर रेन्ज रोभरबाट प्रभावित भएको देखिन्छ । राउण्डेड टेलगेट, स्टपल्याम्प इन्ट्रीगेटेड हाइमाउण्ट स्पोइलर, भर्टिकल टेलल्याम्प, कनेक्टेड एलइडी लाइटबार दिइएको छ ।

यसको इन्टेरियरमा सफ्ट टच मेटेरियलसँगै आल्मुनीयमको एसेन्टहरु प्रयोग भएको छ । तीन थ्रिरो क्याविन भएको एसयूभीमा इन्फोटेन्मेन्ट सिस्टम र इन्फर्मेशन डिस्प्लेको १४.३ इन्चको दुई डिस्प्ले उपलब्ध छ । रियर प्यासेन्जरका लागि दुबै तर्फ फ्रन्ट सिटको पछाडि थप १२.८ इन्चको डिस्प्ले पाउन सकिन्छ ।

परम्परागत गियर सेलेक्टरलाई डेडिकेटेड बटनले रिप्लेस गरिएको छ । ड्यूल जोन एसी, १२ स्पीकरसहितको क्लीप्सको प्रिमियम साउण्ड सिस्टम, वायरलेस चार्जिङ प्याड, सबै रोमा यूएसबी र सी पोर्ट, हेडअप डिस्प्ले पाउन सकिन्छ ।

त्यसैगरी, जेस्चर कन्ट्रोल, ३६० डिग्री क्यामरा, अडाप्टीभ क्रुज कन्ट्रोल, पावर टेललाइट, ८ वे पावर एड्जस्ट फ्रन्टसिट, प्यानारोमिक सनरुफ उपलब्ध रहेको छ । एडाप्टीभ एयर सस्पेन्सन उपलब्ध एसयूभीमा स्ट्याण्डर्ड, स्याण्ड, रक, मड, ईको र स्पोर्ट जस्ता ड्राइभिङ मोड उपलब्ध छन् ।

निसानको पेट्रोलमा ३.६ लिटर टुइन टर्बोचार्ज्ड भी-६ इन्जिन विथ फुल टाइम फोर ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । यसमा ९ स्पीडको अटोमेटीक गियरबक्स दिएको छ । यसले अधिकतम पावर ४२५ पीएस र ७०० न्युटन मिटर टर्क जेनेरेट गर्छ ।


Back_to_top