नुवाकोटमा मध्यपहाडी सडक विस्तार तिब्र, कालोपत्रे गर्ने काम सुरु

बेत्रावती । नुवाकोटमा हाल निर्माणाधीन राजमार्गमध्ये गाउँदेखि शहरसम्म र पूर्वदेखि पश्चिम जोडिएको पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण तीव्र बनाइएको छ । 

पाँचथरको पूर्वीभेगमा पर्ने चियोभञ्ज्याङ (नेपाल–भारत सीमा) बाट शुरु भएर बैतडीको झुलाघाटमा (महाकाली नदीसम्म) जोडिने यो राजमार्गको मध्यविन्दु नुवाकोटबाट पूर्वी खण्डअन्तर्गत पाटीभञ्याङसम्म ६५९ किमी र पश्चिम खण्डकोे पाटीभञ्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार ९७ किमी पर्दछ । 

आयोजनाका इञ्जिनीयर दयानाथ यादवका अनुसार मध्यपहाडी सडकखण्डको नुवाकोटमा करीब ७० किमीमध्ये हाल पाँच खण्डमा काम भइरहेको छ सिन्धुपाल्चोकस्थित चिसापानीबाट प्रवेश गरी पाटीभञ्याङदेखि शेराबगर, छहरे, ढिकुरे, गङ्गटे, डेउडी, सामरी हुँदै भ¥याङभुरुङबाट धादिङतर्फ सो सडक मोडिन्छ । 

जिल्लाको शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका, विदुर नगरपालिका र म्यागङ्ग गाउँपालिका हुँदै उक्त सडक धादिङतर्फ लाग्ने मध्यपहाडी सडक आयोजनाका पश्चिम खण्डका निमित्त प्रमुख इञ्जिनियर रमेश दृष्टिले जानकारी दिए । 

यो सडक निर्माणले धादिङसँग जोडिएका म्यागङ गाउँपालिका र सिन्धुपाल्चोक र काठमाडौँसँग जोडिएका शिवपुरी गाउँपालिकावासीको जीवनस्तर उकासिन्छ ।

पहिलो खण्डमा पाटीभञ्याङदेखि थानसिङको छहरेसम्म २७.५ किमी पर्छ । यस खण्डमा नयाँ ट्र्याक खोल्ने र साविक सडक स्तरोन्नतिको काम हुनाका साथै हाल सात पक्की पुलमध्ये केहीको निर्माण र सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको उनले जानकारी दिए । 

दोश्रो खण्डमा जिल्लाको थानसिङको छहरेदेखि खानीगाउँको ढिकुरेबजारसम्मको १३ किमी सडक विभागअन्तर्गत रिप (सडक विस्तार आयोजना) मार्फत काम भइरहेको छ । यो सडक साविकको सडकअन्तर्गत स्तरोन्नति भइसकेकाले हाल कालोपत्रे गर्ने तयारी गरिएको इञ्जिनीयर यादवले जानकारी दिए । उनका अनुसार आगामी फागुनदेखि शुरु हुने कालोपत्रेको काम छ महीना भित्रै सम्पन्न गर्ने लक्ष्य छ । 

तेश्रो खण्डमा ढिकुरेबजारदेखि विदुर नगरपालिका–५ गङ्गटेसम्म ७.३ किमी सडक रमण–दिव्यज्योति जेभीमार्फत कालोपत्रे गर्न थालिएको छ । हाल १७ स्थानमा एकैसाथ निर्माणको काम भइरहेको इञ्जिनीयर यादवले बताए । 

चौथो खण्डमा विदुर नगरपालिकाक–५ गङ्गटेदेखि विदुर नगरपालिकाको वडा नं १३ डेउडीसम्मको सडक विस्तार प्रारम्भिक अध्ययनको क्रममा छ । 

पाचौँ खण्डअन्तर्गत उक्त नगरपालिकाको वडा नं १३ डेउडीबाट धादिङको सीमाक्षेत्र भ¥याङभुरुङसम्मको सडक १३.५ किमी सडकको स्तरोन्नति तथा ट्र्याक विस्तार भइसकेकाले मित्र–सञ्जिवनी जेभीलेकालोपत्रेका लागि ठेक्का लिएको छ । यस सडकखण्डको कागुने, सामरी र भ¥याङभुरुङ खोलाको पुल निर्माणको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ । 

नुवाकोटमा मध्यपहाडी सडकको विस्तारले जिल्लाको दुर्गम तथा भौगोलिक रुपमा विकट मानिएका बस्तीलाई सुगम र शहरसँग जोड्न महत्पूर्ण योगदान पु¥याउने विश्वास लिइएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए । 

उनका अनुसार यस सडकले शिवपुरी गाउँपालिकाको पाटीभञ्याङदेखि छहरेसम्म सडक सुविधाविहीन हुँदा काठमाडौँको चार नगरपालिकासँग जोडिएको स्थानीय तह भएर पनि विकट र दुर्गमको पहिचान अब हटने भएको छ । 

“यो सडक निर्माणले धादिङसँग जोडिएका म्यागङ गाउँपालिका र सिन्धुपाल्चोक र काठमाडौँसँग जोडिएका शिवपुरी गाउँपालिकावासीको जीवनस्तर उकासिन्छ,” उनले भने, “यहाँको कृषि उपज, जडीबुटी, पर्यटक प्रवद्र्धनले जिल्ला हुँदै मुलुकलाई नै आर्थिक रूपमा समृद्ध बनाउन सकिन्छ ।” 

पूर्वी–पहाडदेखि पश्चिम–पहाडसम्म पहाडैपहाड पहुँच पु¥याउने योजनाको समग्र काम अपेक्षाअनुसार प्रगति न्यून भएको बताइन्छ 


Back_to_top