एमजी जेडएस ईभी ४७ लाखमा किन्ने मौका असोज ४ गतेसम्म मात्रै  

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक  वितरक पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको विशेष नाडा–दशैं अफर समाप्त हुने मिति घोषणा गरेको छ।

कम्पनीले एमजी मोटरको १०० वर्षको उत्सवको अवसरमा घोषणा गरेको अफर यही ४ गते समाप्त हुने घोषणा गरेको हो । कम्पनीले सुरुमा यो अफर असोज १९ गते सम्मका लागि ल्याएको थियो । तर ग्राहकको उच्च मागका कारण १५ दिन अगाडीनै योजना समाप्त गर्नु परेको कम्पनी स्रोतले बतायो ।

शुक्रबारसम्म नाडा–दशैं अफर  अन्तर्गत ग्राहकहरूले एमजी जेडएस ईभी डिलक्स ४६.९९ लाख रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

एमजी जेडएस ईभी नेपालमा सर्वाधिक सफल मध्येको एक मोडल हो । पारामाउन्ट मोटर्सले सन् २०१९ देखि बजारमा उपलब्ध गराएको जेडएस ईभीको एक पटक फेसलिफ्ट भएर आएको छ ।

आकर्षक बडी डिजाइन र लग्जरी इन्टेरियरको कारण जेडएस ईभीले धेरैको मन जित्न सफल भएको हो । यसमा ९९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । ८.५ सेकेन्डमा सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्ने जेडएस ईभीमा उन्नत सुरक्षा विशेषताहरूको लागि प्रख्यात छ । यसमा ६ वटा एयरब्यागहरू, अटो होल्ड, हिल लन्च असिस्ट, फ्रन्ट कोलिज़न वार्निङ, र स्पीड असिस्टेंस सिस्टम समावेश छन्। यसमा एडास लेभल २ प्रविधि, प्यानाराेमीक सनरूफ र वायरलेस चार्जिङको सुविधा पनि उपलब्ध छ।

जेडएस ईभीमा ५१ किलोवाट आवरको ब्याट्री क्षमता छ भने उक्त ब्याट्रीलाई फुल चार्जमा ३२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

पारामाउन्टले ग्राकको सेवालाई ध्यानमा राख्दै दशैंअघि नै भक्तपुरको सल्लाघारी र काठमाडौंको सुकेधारामा सर्भिस सेन्टर संचालनमा ल्याउने जानकारी समेत दिएको छ  ।


Back_to_top