किया पिकान्टो इलेक्ट्रीक पावरट्रेनमा आउने पक्का

काठमाठौं । कोरियन अटोमोबाइल कम्पनी कियाले लामो समयदेखि सिटी कारको रूपमा बिक्री गरिरहेको पिकान्टो ह्याच ब्याकलाई अब इलेक्ट्रीक पावरट्रेनमा ल्याउने भएको छ । कियाले ईभी १ र ईभी २ मोडलमा नयाँ साना गाडी ईभी बनाउने निश्चित भएको हो ।

कम्पनीले पिकान्टो ईभी २ नाममा एकदमै अफोडेबल मूल्यमा ल्याउने बताएको अटोकार यूकेले जनाइएको छ । पिकान्टो ईभी लन्च हुने समय जानकारी नदिए पनि यो ईभी इन्ट्री लेभल ईभीका रुपमा बिक्री हुने बताइएको छ ।

कियाले अर्को स्पोर्टी ईभी सेडानको समेत योजना बनाइरहेको बुझिएको छ । कम्पनीले बनाउने नयाँ ईभीहरू ई जीएमपी डेडिकेटेड स्केटबोर्ड प्ल्याटफर्ममा बनाउनेछ ।

कियाले ईभीका साथै हाइब्रिड मोडलहरू समेत छिटै लन्च गर्ने योजना बताएको छ । कियाले आफ्नै लगानीमा सोलिड स्टेट ब्याट्री समेत बनाउने जनाएको छ ।

नेपाली बजारमा कियाको इलेक्ट्रीक पावरट्रेनमा ईभी ६ प्रिमियम लग्जरी कार तथा ईभी ९ फुलसाइजको इलेक्ट्रीक एसयूभी बिक्री भइरहेको छ । किया मोटर्सको नेपालको लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नयाँ ईभी मोडल ईभी ५ समेत छिटै बिक्री गर्ने भएको छ ।


Back_to_top