६ लाख तिरेर दायून कार किन्दा मासिक किस्ता कति ?

काठमाडौं । सीजी मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको दायून यूएहु मोडलको मूल्य ३१ लाख रुपैयाँ तोकिएको छ । मूल्य अनुसार यसलाई बैंकबाट कर्जा लिएर किन्न चाहने मानिसले २० प्रतिशतले हुन आउने ६ लाख २० हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ ।

डाउन पेमेन्टपछि हुन आउने २४ लाख ८० हजार रुपैयाँ कर्जा दिएर दायूनको कार किन्दा मासिक ३८ हजार ६६० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । उक्त मासिक किस्ता अहिले चलिरहेको ८ प्रतिशत ब्याजदरमा ७ वर्षे अवधिको कर्जा लिँदा हुने हो ।

मासिक किस्ता विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

उच्च ग्राउन्ड क्लियरेन्स (२०१ एमएम) भएको दायून युएहु मोडल अफरोडमा यात्रा गर्दा पनि डराउनु नपर्ने कार हो । यसमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई इनर्जी दिन ३०.६६ किलोवाट आवरको ब्याट्री दिइएको छ ।

सिंगल चार्जमा ३०० किलोमिटर रेञ्ज दिने दावी गरिएको कारमा डीसी चार्जर दिएको छ । यसमा चार्जर भने जिवीटी लाग्छ । सिजीले आफ्नो चार्जिङ नेटवर्कको भरपुर प्रयोग गर्न जिबीटी चार्जर हालेर ल्याएको हो ।

सीजीले दायुन युएहुमा रहेको मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ । यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १ लाख २० हजार किलोमिटर वारेन्टी दिएको हो ।

यसमा ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, इबीडी सहितको एबीएस, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्स छन् ।


Back_to_top