काठमाडौं । निसानले भारतमा उत्पादन गरेर ४० देशमा निर्यात गर्दै आएको म्याग्नाइटको फेसलिफ्ट मोडल अर्को साता बजारमा आउने भएको छ । कम्पनीले आगामी अक्टुबर ४ मा यसलाई सार्वजनिक गर्न लागेको हो ।
फेसलिफ्ट म्याग्नाइटको टिजर सार्वजनिक गर्दै निसान इन्डियाले लन्चिङको लागि तयार रहेको जनाएको हो । नयाँ म्याग्नाइटको टिजरमा देखिएको एक्टेरियर र इन्टेरियरका तस्विर अनुसार यसमा धेरै अपडेट हुनेछ ।
फ्रन्ट फेसियामा नयाँ डिजाइनको ग्रिल, रिभाइन्ड फ्रन्ट र रियर बम्पर, एल आकारको एलइडी डीआरएल र अपडेटेड गरिएको टेल लाइट यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ७ स्पोक भएको नयाँ डिजाइनको अलोय ह्वील तथा नयाँ एक्टेरियर पेन्ट्स अप्सन दिएको छ ।

नयाँ म्याग्नाइटमा दुबै ड्राइभर र प्यासेन्जरको कम्फर्टलाई पनि विशेष ध्यान दिइएको छ । यसमा नयाँ कलर तथा मेटेरियलको सिट प्रयोग भएको छ । अब म्याग्नाइटमा ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले तथा इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ ।
त्यसैगरी, वायरलेस फोन चार्जिङ प्याड, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, कनेक्टेड कार टेक, रेन सेन्सीङ वाइपर, फ्रन्ट भेन्टीलेटेड सिट, प्रिमियम साउन्ड सिस्टम, सिंगल प्यानल सनरुफ दिएको छ ।
म्याग्नाइट फेसलिफ्टमा ६ वटा एयरब्याग, इलेक्ट्रोनीक स्टेवीलीटी कन्ट्रोल, एबीएस, इबीडी, रियर क्यामरा पार्किङ सेन्सर, ३६० डिग्री अराउण्ड भ्यू मोनिटर, हिल असिस्ट, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम रहनेछ ।
निसानको फेसलिफ्ट म्याग्नाइटमा १.० लिटरको टर्बो पेट्रोल इन्जिन र नेचुरल एस्पिरेटेड इन्जिनलाई निरन्तरता दिइएको छ । उक्त इन्जिनले क्रमशः १०० हर्स पावर र ७१ हर्सपावर इनर्जी प्रदान गर्छ । नयाँ म्याग्नाइटमा गियरबक्स पनि पुरानै ५ स्पीड म्यानुअल, एएमटी र सीभीटी अप्सन रहने छ ।

